२०८१, १३ बैशाख बिहीबार

राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

राजाका पूर्व ज्वाईँले गरे आत्महत्या


नर्वेका राजाका पूर्व ज्वाईँको निधन भएको छ । विभिन्न उपन्यास तथा नाटकका लेखक समेत रहेका नर्वेकी राजकुमारी मार्था लुइसका पूर्व पति अरी बेहनको ४७ वर्षको उमेरमा निधन भएको हो।

अरी र राजकुमारी मार्थाको सन् २००२ मा विवाह भएको थियो । तर उनीहरुको वैवाहिक सम्बन्ध दुई वर्षअघि अर्थात सन् २०१७ मा टुंगिएको थियो । अरीका प्रवक्ताले नर्वेको एनटिबी एजेन्सीलाई दिएको जानकारी अनुसार अरीले आत्महत्या गरेका हुन् ।

नर्वेका राजा–रानीले एक वक्तव्य जारी गरेर अरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख गरिएको छ ।

डेनमार्कमा जन्मिएका अरी र मार्थाको वैवाहिक जीवन विवादहरुले भरिएको थियो । अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएको थियो । अरी र मार्थाका तीन सन्तान छन्। उनीहरु सन् २०१६ देखि अलग बस्न थालेका थिए र सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ८ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने