२०८१, ८ बैशाख शनिबार

पाडीको महत्व बुझाउँन पनौतीका मेयर आफै पुगे किसानसँग

पाडीको महत्व बुझाउँन पनौतीका मेयर आफै पुगे किसानसँग


धुलिखेल, ८ पुस काभ्रेको पनौती नगरपालिकाले किसानहरुसँग छलफल सुरु गरेको छ । नगरप्रमूख भिमप्रसाद न्यौपाने आफै मंगलबार वडा नम्बर १२ मा पुगेर छलफलको सुरु गरेका हुन । भैँसी पाडीको महत्व बुझाउँदै मेयर न्यौपानेले उचित स्याहार, सुसारमा ख्याल गर्न किसानसँग आग्रह गरे ।

नगरपालिकाले चालु आर्थिक वर्षमा अनुदानमा भैसीको पाडी वितरणका लागि छनौट भएका किसानसँग छलफल थालेको हो । नगरपालिकाको भूमिडाँडा भैसी पालनका हिसाबले मूख्य पकेट क्षेत्रको रुपमा चिनिन्छ । यो वर्ष १२ नम्बर वडामा ५० वटा पाडी वितरण गरिने छ ।

वडा नम्बर १ मा ४२ वटा, २ मा ३५, ३ मा ३० वटा र सात नम्बर वटामा ३ वटा मात्रै वितरण गरिने नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ५, ६, ८, ९, १० र ११ मा २०÷२० वटा भैसीँको पाडी वितरण गरिनेछ । पाडीको माग गर्दै नगरभित्रको बाह्र वटा वडाका एक हजार किसान निवेदन दिएका थिए ।

यस वर्ष ३ सयवटा मात्रै पाडी वितरण हुने र बाँकी किसानलाई अर्को वर्ष त्यहि निवदेनका आधारमा वितरण गर्ने नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेले बताए । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको हो । पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि नगरपालिकाले दिने गरेको छ ।

प्रकाशित मिति : २०७६, ८ पुस मंगलबार  ६ : २८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता