२०८०, ५ आश्विन शुक्रबार

पाँचखाल नगरपालिकालाई अटो रिक्सा सञ्चालकहरुले टेरेनन

पाँचखाल नगरपालिकालाई अटो रिक्सा सञ्चालकहरुले टेरेनन


धुलिखेल, ५ पुसः काभ्रेको पाँचखाल नगरपालिकाभित्र सञ्चालनमा रहेका अटो रिक्साहरु बिना दर्ता नै चलिरहेको पाइएको छ । नगरपालिले दर्ता गरेर मात्रै अटो रिक्सा सञ्चालन गर्न आग्रह गरेपनि सञ्चालकहरुले टेरेका छैनन् ।

नगरपालिकाभित्र चलिरहेका ४३ वटा अटो मध्ये सात वटा मात्र दर्ता भएको उपप्रमूख लक्ष्मी दनुवारले जानकारी दिइन । ‘हामीले नगरपालिकाभित्र रिक्सा चलाई रहनुभएकालाई दर्ता गर्न यसअघि पनि भनेका थियौँ, उपप्रमूख दनुवारले भनिन, तर उहाँहरु आउनु भएको छैन ।’

नगरपालिकामा दर्ता भएका अटो रिक्साहरुले बार्षिक तीन हजार पाँच सय रुपैया शुल्क बुझाउँनु पर्छ । नगरपालिकामा रहेको यातायात उपसमितिले रिक्सा भाडा भने निर्धारण गरेको छ ।

नगरपालिकाले सडक दुरी हेरेर १५ रुपैयाँ देखि १ सय १० रुपैयाँसम्म भाडा कायम गरेको उपप्रमूख दनुवारले बताउनुभयो । समितिको बैठक आउँदो माघ १० गतेसम्म दर्ता गरिसक्न अटो रिक्सा सञ्चालकहरुलाई आग्रह गरेको छ । ‘रिक्सा दर्ताका लागि हामीले समय फेरी थपेका छौँ, उपप्रमूख दनुवारले भनिन्, रिक्सा सञ्चालकहरुले केहि समस्या छ, त्यो समाधान भएपछि दर्ता गर्न आउछौँ भन्नु भएको छ ।’

रिक्सा चलाई रहेका कतिपयसँग चालक अनुमति पत्र समेत नरहेको पाइएको छ । धेरै जनाले चालक अनुमति पत्रका लागि परीक्षा भने दिएका छन । परीक्षाफल नआइसकेकाले दर्ता गर्न समस्या भइरहेको रिक्सा चालकहरुको भनाई छ ।

प्रकाशित मिति : २०७६, ५ पुस शनिबार  ६ : २५ बजे

आज देशभर बर्षाको सम्भावना, कोशी, मधेस र गण्डकी प्रदेशमा ठूलो वर्षा र चट्याङ्ग

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ