२०८१, ७ बैशाख शुक्रबार

जीवन कसरी सफल बनाउने ? हेर्नुहोस्

जीवन कसरी सफल बनाउने ? हेर्नुहोस्


हरेक मानिस सफल हुन चाहन्छन् । तर सफलताको बाटो त्यति सजिलो छैन तर सम्भव भने पक्कै छ । मानिसले कडा परिश्रमपछि सफलता प्राप्त गर्न सकिन्छ, कहिले काहीँ परिश्रमसँगै बाटोमा थुप्रै हतोत्साहीत गर्ने खालका नैरश्यता, पिडा एवम् उदाशिनताहरु भेटिन्छन् ।

तर, जब त्यो बाटोको अन्त्यमा पुगिन्छ, तब विजयीभावको आनन्द भेटिन्छ । उकालो चढ्न जतिगाह्रो हुन्छ उचाईबाट देखिने दृश्य सुन्दर हुन्छ । आफ्नो लक्ष्यको बाटोमा उभिएकाहजारौँ अवरोध पार गदैँ आफ्नो गन्तव्यमा पुग्दा आफैँ प्रतिगर्व महसुस हुने गर्दछ । तपाई आफ्नै जीवनदेखि सन्तुष्ट र खुशीहुनुहुनेछ । अनिआफ्नै सफलताले आफैलाई पुरस्कृत गर्नुहुनेछ । सबैको चाहना सफलता नै भएपनि यसको परिभाषाभन्ने व्यक्ति – व्यक्तिमा फरक हुने गर्दछ । कुनै एक शब्दकोशले सफलतालाई लक्ष्यको खोजीको एक सन्तोषजनक उपलब्धीको रुपमा परिभाषित गरेको छ ।

उक्तशब्दकोशका अनुसार एक सफलव्यक्ति हुनको लागि आफ्नो लक्ष्यप्राप्तीको प्रयास गर्नुपर्दछ । र, त्यसको नतिजासँग सन्तुष्ट रहन सक्नुपर्छ । तैपनि यो परिभाषाले सफलताको शाब्दिक अर्थ व्यक्तिगत सन्तुष्टी मात्र हो, वा होईन भन्ने प्रश्नभने खडा हुनसक्छ । कहिलेकहीँ सफलताको आश गर्दा नैराश्यद पनि भोग्नु पर्ने हुन्छ । त्यसले गर्दा तपाइको उत्साह मर्ने गर्छ ।

त्यसको वाबजुत तपाई थकित र केही समय निस्कृय रहने निर्णय लिन सक्नुहुन्छ । तर, वास्तविक कामगर्ने समय भनेको यहि नै हो । अन्यथा तपाई निष्कृय रहेर बस्नुभएमा त्यसले जीवनमा थपनिराशा र गाठाँहरु थपिदिन सक्छ । त्यसैले परिस्थितिचाहे जेसुकै होस, तपाईले त्यसलाई पार गर्नैपर्छ । आफ्नो लक्ष्यलाई चिन्तनगर्दै आफ्नो लक्ष्यलाई यथार्थमा परिणत गर्न पुर्ण प्रयास गर्नै पर्छ । त्यसको लागि निम्न टिप्स अपनाउनु होस ।

१. जीवनमा सन्तुलन कायम गर्नुहोस
आफ्नो सपना र आफ्नो यथार्थलाई सन्तुलन गर्न सक्नु नै सफलता प्राप्तगर्नु हो । जस्तो जीवन चाहनुहुन्छ । त्यसैले सबैभन्दा सुरुमा आफ्नो जीवनप्रतिको सोचलाई बदल्नु जरुरी छ । तपाई जस्तो जीन्दगी चाहनुहुन्छ त्यही क्षेत्रमा काम गर्नुहोस । सानैबाट भएपनि सुरु गर्नुहोस । तर, याद राख्नुहोस त्यो कामले तपाईलार्ई आर्थिक रुपमा पनि सहयोग गरोस । यसरी आफ्नो पेशा र जीवनयापनलाई सन्तुलित रुपमा अगाडी बढाउन सक्नुपर्छ ।

२. वृहत सोच
सफलहुनको लागि परिवर्तित सोचसँगै वृहत सोचको पनि आवश्यकता पर्दछ । जतिवृहत तपाईको सोच त्यति नै फराकिलो तपाईको गन्तव्य । नकारात्मक सोच र त्रासपुर्ण विचारहरुले सानो सोचहरुलाई जन्माउँछ । अनितिनै सानो सोचहरुले हाम्रो सफलताको बाटोलाई साघुँरो बनाउँछ । त्यसैले सकारात्मक सोच्नुहोस र आफ्नो जीवनबाट असम्भव भन्ने शब्दलाई निकालीदिनुहोस् । वृहत सोच लिनुहोस सफलव्यक्ति किन बन्न सक्नु हुन्न रु ठूलो सोच भएका व्यक्तिहरु हरेक समस्यालाई चुनौतिको रुपमा लिने गर्दछन् । अनि हरेक तिचुनौतीहरु उनीहरुको लागि एउटा नयाँअवसर बनिदिन्छ । उसको यहि वृहत सोचले असिमित सम्भावनाहरुको ढोका खोलीदिन्छ । साथै समस्यासँग जुध्ने अन्यउपायहरु र समाधानहरुको पनि सिर्जना गर्दछ । त्यसैले जीवनमा आईपर्ने समस्याबाट भागेर होइन, निडर र आशावादीभएर समस्यालाई चुनौतीको रुपमा लिनुहोस् ।

३.नयाँ सोचहरु प्रस्तुत गर्नूहोस
तपाईले बुझे जस्तै गरि तपाईको सोचलाई अरुले पनि त्यसैगरि बुझ्ने बनाउनु आवश्यक छ । तर, त्यो गाह्रो बिषय पनि छ । स्वाभाविक रुपमा सबैजना नयाँ सोचहरुलाई समय दिनचाहदैनन् । भने, अर्को्तिर तपाईले बुझ्नु भए जसरी नै अन्यव्यक्तिले तपाईको कुरा नबुझिदिन पनि सक्छ । यो समय पत्यार लाग्दो पनि हुनसक्छ । तपाईलाई आफ्नै सोच पनि व्यर्थ लाग्न सक्छ । तर, यसको अर्थ तपाईले आफ्नो सोचलाई नै त्याग्नुपर्छ भन्ने होइन । हौसला राख्नुस र धैर्यतापुर्वक आफ्नो सोचलाई निरन्तरता दिन जरुरी हुन्छ तब सफल बन्न सक्नु हुन्छ ।

४. त्यो काम गर्नुहोस्, जुन तपाई माया गर्नुहुन्छ
के तपाई आफ्नो जीवनको मज्जालिइरहनु भएको छ रु तपाई हरेक दिन आफ्नो सपनासँगै बाचिरहनु भएको छ रु तपाई भित्रआफ्नो लक्ष्यलाई पाउने जोश, जागँर पागलपन छ रु यदि तपाई आफ्नो सपनाप्रति नै अस्पष्ट हुनुहुन्छ । भने, तपाई कहिले पनि सफल हुन सक्नुहुन्न ।
जब तपाई आफ्नो भित्रीजीवनलाई बुझ्नुहुन्छ र त्यसलाई बाहिर लिएर आउनुहुन्छ, तब मात्र तपाईले बुझ्नुहुनेछ, महत्वपुर्ण के रहेछ । के गर्न रुचाउँ छु भन्ने कुरा । मानौँ यो एउटा जादुली चाबी हो जसले तपाईका हराएका सपनाहरु फेरी खोलीदिनेछ । जुन तपाईको हृदयमा धैर्यतापुर्वक त्यो दिनको लागि पर्खिरहेको छ, जुन दिनतपाईले भन्नुहुनेछ ‘म यहाँ केहि फरक काम गर्नको लागि आएको हुँ । त्यो कामको लागि उचित समय आज हो ।’ त्यसैले त्यहि काम गर्नुहोस् जहाँ तपाईको मन सन्तुष्ट रहन्छ ।

५. असफलतालाई अङ्गाल्नुहोस
जीवनमा कोही पनि असफल हुन चाहाँदैनन् । तर, पनि जीवनको कुनै क्षण सबैजना एकपटक असफल भएकै हुन्छन् । हुनसक्छन् कोही धेरै चोटी पनि आफ्नो काममा विफल भएका । त्यसैले असफलताको सामना गर्नुस् । किनकी एउटा सफल र विशिष्ट जीवनको लागि केही विफलताहरु अपरिहार्य छ । पक्कै पनि तपाई एउटा अर्थपुर्ण जीवनबाँच्न चाहनुहुन्छ । त्यो सबकौ चहाना पनि हो । तर, त्यो अर्थपुर्ण जीवन तब सम्म सम्भव छैन, तपाई आफ्नो डरको सामु झुकिरहनु हुन्छ । र, सधैँ सजिलो बाटोको नै खोजी गरिरहनुहुन्छ । ढिलो, चाडोँ तपाईले त्यो असफलताको डरलाई जित्नैपर्छ, अनि भविश्यमा आउने अवरोधहरुको सामना गर्नु पर्ने हुन्छ । कहिलेकाहीँ यो दिक्कलाग्दो, सहनै नसक्ने खालको जस्तो पनि हुनसक्ला । तर, जति तपाई मुस्किल समयबाट गुज्रनुहुन्छ, त्यति नै तपाई अगाडि बड्ने प्रयास गर्नु होस । यदि तपाई आफ्नो कल्पनाको जीवन विताउँन चाहनुहुन्छ, भने असफलतालाई तपाईको जीवनको एउटा अंश बनाउनुहोस् ।

६. द्वन्द्वबाट टाढा रहनुहोस
द्धन्द्धले बलियो होइन कठोर बन्न सिकाउँछ, जसले जीवनलाई नैराश्यता, पिडा र असहजतातर्फ धकेल्दछ । यसले सम्बन्ध तोड्न सिकाउँछ । तर, फेरी त्यहि द्वन्द्वलाई उचित रुपमा व्यवस्थापन गर्न सकियो भने यसले सम्बन्धहरुको बीचमा समझदारी बढाएर विश्वस्नियता बढाउने कामगर्दछ । चाहे बाहिरी द्वन्द्व होस् या अन्तरमनको द्वन्द्व यसले सधैँ दुरी मात्र बढाउछ । यदि तपाई आफ्नै भावनाहरुसँग पनि टाढिनु भयो भने तपाई मात्र केही सिमित भावनाहरुमा बाधिनुहुनेछ । र, आफ्नो आवश्यकताबाट अपरिचित हुनुहुनेछ । यसले तपाईलाई पछाडी तान्ने कामगर्छ । त्यसैले द्वन्द्वबाट टाढा रहनुहोस ।

७. थोरै बोल्नुस, धेरै काम गर्नुस्
आफुलाई अगाडि बढाउने बारेमा धेरै सोच्नु भन्दा अगाडी बढ्ने काम गर्नुस । जे गर्नु छ गरिहाल्नुस धेरै सोच्नमा समय खेर नफाल्नुस् । केही खेल सिक्ने सोच्दै हुनुहुन्छ रु अथवा आफ्नो प्रस्तुतिको बारेमा अफिसमा कुरा गर्न चाहनुहुन्छ रु वा अन्य कुनै कामगर्ने सोचीरहनु भएको छ रु त्यसो भने अहिले नै गर्नुस् । जतिलामो समय सम्म सोच्नु हुन्छ याद राख्नुस्, त्यति नै कमजोर बन्दै जान्छ । अनि केहि समय पछि हराएर जान्छ । अनि अझ केही समय वितिसकेपछि त तपाई आफैले नै आफ्नै विचारलाई भुल्नुहुनेछ । त्यसैले कुनै कामको लागि सहि समय त्यहिँ हो जति खेर तपाईले त्यो समयको बारेमा सोच्नुभयो, त्यसपछि त्यो बासी र कामनलाग्ने हुनेछ । जे गर्ने सोच्दै हुनुहुन्छ त्यो आजै गर्नुहोस्ब ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ६ : २७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता