२०८०, ४ आश्विन बिहीबार

काभ्रेमा अझै २६ करोड विद्यूत महशुल संकलन हुन सकेन

काभ्रेमा अझै २६ करोड विद्यूत महशुल संकलन हुन सकेन


धुलिखेल २६ मंसिर काभ्रेमा पछिल्लो समय विद्यूत चोरी गर्नेको संख्या निकै कम हुदैँ गएको छ । बनेपा स्थित नेपाल विद्यूत प्राधिकरणका प्रमूख रञ्जनराज गुरुङका अनुसार हाल जिल्लामा विद्यूत चुहावट १७ प्रतिशत मात्रै छ ।

१० महिना अघि २४ प्रतिशत चुहावट हुदैँ आएको थियो । चालु आर्थिक वर्षको १० महिना अवधिमा विद्यूत चोरी गर्नेबाट १० लाख रुपैयाँ रकम संकलन भएको प्रमूख गुरुङले जानकारी दिनुभयो । जिल्लामा २६ करोड रुपैयाँ विद्यूत महशुल संकलन हुन बाँकी छ । त्यसमा सडक बत्तीको मात्रै १४ करोड रुपैयाँ रहेको छ ।

काभ्रेमा दुई वटा वितरण केन्द्र छन् । पाँचखालमा रहेको वितरण केन्द्र अन्तर्गत २ करोड र बनेपा वितरण केन्द्र मार्फत २४ करोड रकम संकलन बाँकी रहेका हुन् । १३ स्थानीय तह मध्ये पाँचखाल वितरण केन्द्रमा पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरापालिका, भुम्लु, चौरीदेउराली र तेमाल गाउँपालिका पर्छन् ।

त्यस्तै बनेपा वितरण केन्द्रमा धुलिखेल, पनौती, बनेपा र नमोबुद्ध नगरपालिका, बेथानचोक, रोशी, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् । विद्यूत महशुल संकलनका लागि बनेपा, पनौती, धुलिखेल, भकुण्डे र पाँचखाल गरी ५ ठाउँमा महशुल काउण्टर राखिएको छ । तर भौगोलिक विकटताका कारण समयमै महशुल संकलन हुन नसकेको काभ्रे वितरण केन्द्रका प्रमूख गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : २५ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका