२०८१, ७ बैशाख शुक्रबार

तेमालको ३ र ४ नम्बर वडामा ३२ वटा योजना सम्झौता

तेमालको ३ र ४ नम्बर वडामा ३२ वटा योजना सम्झौता


तेमाल २२ मंसिर  : वडास्तरमै पुगेर योजना सम्झौता थालेको काभ्रेको तेमाल गाउँपालिकाले आइतबार दुई वटा वडामा सम्झौता सम्पन्न गरेको छ ।

वडा ३ मा १६ वटा योजना सम्झौता भएको छ । त्यस्तै वडा नम्बर ४ मा पनि १६ वटा नै योजना सम्झौता भएको छ । वडा नम्बर ३ मा ६५ लाख र वडा नम्बर ४ मा ८३ लाख रुपैयाँको योजना सम्झौता भएको पालिकाको योजना शाखा प्रमूख राज कुमार तामाङले बताउनुभयो ।

योजना सम्झौताका लागि उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल दुबै वडामा पुगेका थिए । ‘वडास्तरमै पुगेर योजना सम्झौता गर्दा उभोक्ता समितिका पदाधिकारीले निकै सजिलो महशुस गर्नुभएको छ,उपप्रमूख तामाङले भनिन, ‘यो एउटा सुरुवात हो, जनताको घरदैलो मै पुगेर सेवा दिन हामी तयार छौँ, अब आउने नयाँ कार्यक्रम पनि जनतालाई सजिलो र छिटो हुने  हुने छन् ।’

पालिकाले वडा नम्बर ६ बाट यो योजना सम्झौता सुरु गरेको थियो । यसअघि वडा नम्बर १ र २ मा पनि योजना सम्झौता भइसकेको छ । तेमाल गाउँपालिकामा ९ वटा वडा रहेका छन ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ९ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता