२०८१, ६ बैशाख बिहीबार

काभ्रेमा पुन : निर्माण : प्रशासन मौन, खिया लागेको रड देखि म्याद नागेको सिमेन्टको प्रयोग

काभ्रेमा पुन : निर्माण : प्रशासन मौन, खिया लागेको रड देखि म्याद नागेको सिमेन्टको प्रयोग


धुलिखेल, २० मंसिर २०७२ सालको भूकम्पले क्षति पुर्याएका काभ्रे जिल्लामा निजी घर निर्माणको हिसाबले गति लिन सकेको छैन् । भूकम्पअति प्रभावित १४ जिल्ला मध्ये काभ्रेमा निजी आवास पुनःनिर्माणको अवस्था निकै कमजोर छ ।

पाँच वर्ष बित्नै लाग्दा हालसम्म जम्मा ५७ प्रतिशत मात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको धुलिखेल स्थित अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

ट्रान्फरेन्सी इन्टरनेश्नल नेपाल काभ्रेले शुक्रबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार ४७ हजार ४ सय ८८ जना लाभग्राहिले मात्रै अन्तिम किस्ता बापतको रकम लिएका छन् । जिल्लामा ७६ हजार ३ सय २२ लाभग्राहिसँग सम्झौता भएको थियो ।

निर्माण पुरा भएका घरमा पनि गुणस्तरीय सामान प्रयोग नभएको पाइएको छ । खिया लागेको रड र म्याद नागेको सिमेन्ट प्रयोग भएको भन्दै निर्माण सकिएपनि घरको गुणस्तरमा समस्या रहेको इन्जिनियरहरुले बताए । त्यस्तै माटोको धुलो मिलिएको बालुवा समेत प्रयोग भएको भन्दै इन्जिनियरहरुले घरको बलियो पनमा प्रश्न उठाएका छन् ।

निजी आवासमा जस्तै विद्यालय निर्माणमा समेत गुणस्तरीय सामानको प्रयोगमा समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (स्कुल) हेर्ने कार्यालयकी इन्जिनियर श्रेया झाले बताइन् । ‘सामानको स्टोरमा कतै पनि सावधानी अपनाएको पाएका छैनौँ, विकट बस्तीमा त झनै समस्या छ, इन्जिनियर झाले भनिन ‘इट्टा, रड, सिमेन्ट, बालुवा, गिट्टीको गुणस्तर केहि विद्यालयले भने जाँच गरेका छन् ।’

पुनःनिर्माणमा ब्यवसायीहरुले समेत चरम लाहर्पाहि गरेका छन् । प्रशासनले समयमै बजार अनुगमन नगरिदिदाँ लाभग्राहि महँगोमा सामान किन्न बाध्य छन् । प्राधिकरणले निजी आवास निर्माणका लागि समय अघिल्लो वर्ष तोकेपछि निकै हतारमा लाभग्राहि थिए । काभ्रेका मात्रै होइनन्, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीसम्मका लाभग्राहिले बनेपाबाट निर्माण सामग्री चर्को मूल्यमा खरिद गरे ।

तर जिल्ला प्रशासन कार्यालय काभ्रे भने कानमा तेल हालेर बस्यो । जसको फाइदा ब्यापारीले लुटे । भूकम्पले बास गुमाएका लाभग्राहि मारमा परे । ७ सय प्रतिबोराको सिमेन्टलाई एक हजार रुपैयाँसम्म ब्यापारीले भूकम्पप्रभावितसँग असुले । तर प्रशासन मौन रह्यो । समयमै घर नबनाए सरकारी किस्ता रकम नपाउने चिन्तामा रहेका भूकम्पप्रभावितलाई पसलै पिच्छेको फरक मूल्यले हैरान खेलायो । न त स्थानीय तहले बजार अनुगमन गरे । न प्रशासन कार्यालयले नै । लडेको माथि थिचेको भने झै ब्यापारीले भूकम्पप्रभावितलाई निस्फिक्री ठगी रहे ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ८ : ३४ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता