२०८१, १० बैशाख सोमबार

पनौतीका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

पनौतीका महिला स्वास्थ्य स्वयमसेविका सम्मानित


धुलिखेल १९ मंसिर पनौती नगरपालिकाले महिला स्वास्थ्य स्वंयमसेवीकाहरुलाई सम्मान गरेको छ ।

बिहीबार अन्र्तराष्ट्रिय स्वंयम सेवक दिवसको अवसरमा नगरपालिकाले १० जना स्वंयमसेवीकालाई नगद एक हजार र प्रमाण पत्र सहित सम्मान गरेको हो । ‘नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदानको कदर गर्दै सम्मान गरेको हो, नगरप्रमूख भिमप्रसाद न्यौपानेले भने ‘उहाँहरुको योगदानले आज समाजमा मातृशिशु मृत्युदर त निकै कम भएको छ नै, घर टोल छरछिमेकको सरसफाई देखि ब्यक्तिगत सरसफाईमा समेत आमुल परिवर्तन आएको छ ।’

नगरपालिकाले नगरभित्रका १२० जना स्वंयमसेवीकाहरु बीच हाजिर जवाफ प्रतियोगिता पनि गरेको छ । १२ वटै वडाको एक एक समुह बनाएर हाजिर जवाफ प्रतियोगीता गरिएको हो । प्रतियोगितामा पहिलो, दास्रो, तेस्रो र चौथो हुने समुहलाई नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको उपप्रमूख गीता बञ्जाराले बताइन । ‘महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता विकास गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो, उपप्रमूख बञ्जराले भनिन ‘उहाँहरु समाजको एक अभिन्न अंग बनिसक्नु भएको छ ।’

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ७ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने