२०८०, १६ आश्विन मंगलबार

तेमालको वडा नम्बर १ मा एकैदिन २४ वटा योजना सम्झौता

तेमालको वडा नम्बर १ मा एकैदिन २४ वटा योजना सम्झौता


धुलिखेल, १६ मंसिर : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले एकै दिन २४ वटा भौतिक निर्माण तर्फका योजना सम्झौता गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षका लागि वडा कार्यालयले भौतिक निर्माण तर्फका योजनाहरु सम्झौता गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । सम्झौता भएका योजनाहरुमा सडकदेखि वडा कार्यालयको भवन निर्माणसम्मका छन् । १० वटा सडक, २ वटा खानेपानी, ४ वटा मन्दिर लगायतका योजना सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि वडाले २८ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । सम्झौता भएको योजनाहरुमा १ लाख देखि ४० लाखसम्मका छन् । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ । योजना सम्झौताका लागि सहजीकरण गर्न पालिकाका उपप्रमूख दुर्गामाया तामाङ, प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल र योजना शाखाका राजकुमार तामाङ वडा कार्यालय पुगेका थिए ।

अघिल्लो वर्ष वडा स्तरका योजना पनि सम्झौताका लागि पालिकाको कार्यालय धाउनु पथ्र्यौ । तर यो पटक भने सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौताका लागि सहजीकरण गरिएको उपप्रमूख तामाङले बताउनुभयो । ‘स्थानीयलाई पालिकासम्म जान नपरोस भनेर वडा कार्यालयमै हामी पुगेका हौ, उनले भनिन् ‘आफ्नै गाउँको योजना आफ्नै ठाउँमा सम्झौता गर्दा सजिलो पनि भयो, छिटो पनि ।’

वडा नम्बर १ मा भौतिक निर्माणका बाहेक अन्य योजना भने सम्झौता भएका छैनन । वडाध्यक्ष श्रेष्ठका अनुसार वडास्तरीय कृषि, पशु औषधी ब्यवस्थापन, महिला सीप विकास, दलित आयआर्जन र तामाङ साँस्कृतिक प्रवद्र्धन सम्बन्धी योजना सम्झौता नभएका हुन् ।

प्रकाशित मिति : २०७६, १६ मंसिर सोमबार  ७ : १५ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका