२०८०, ५ आश्विन शुक्रबार

भकुण्डेका इँट्टा उद्योगीद्धारा अदालतको आदेश अवज्ञा, नयाँ इटा उत्पादन र विक्री वितारण

भकुण्डेका इँट्टा उद्योगीद्धारा अदालतको आदेश अवज्ञा, नयाँ इटा उत्पादन र विक्री वितारण


धुलिखेल ११ मंसीर : काभ्रेको भकुण्डेमा रहेको इाटा उद्योगहरुले नयाँ इँटा उत्पादन र विक्रिवितरण नगर्न अदालतले दिएको आदेश अवज्ञा गरेका छन् ।

अदालतले इँटा उद्योगीहरुलाई नयाँ इँटा उत्पादन र विक्रिवितरण नगर्न आदेश दिए पनि इँटा उत्पादन र विक्रिवितरण भैरहेको नमोबुद्ध नगरपालिकाका प्रबक्ता संजीव ढकालले बताएका छन् ।

जिल्ला अदालत काभ्रेको फैसलाविरुद्ध उच्च अदालत पाटन, ललिपतपुर पुगेका व्यवसायीबारे उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरी इँटा उद्योगको नवीकरण नगर्न, कर लगाउने तथा उद्योग सञ्चालन गर्ने लगायतका कुनै पनि कार्य नगर्न आदेश दिएको थियो ।

यसअघि गत महिना जिल्ला अदालत काभ्रेपलाञ्चोकले नगरभित्र रहेका इँटा उद्योगलाई नयाँ इँटा नपार्न र उद्योगमा रहेका मौज्दात इँटासमेत बिक्रीवितरण नगर्न दिएको आदेश नमोबुद्ध नगरपालिका वडा नं २ मा रहेको सत्यनारायण बृक इन्डष्ट्रीज प्रालाीले नयाँ इटा पारेर अवज्ञ गरेका छन् ।

गत पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपापालिकाका पदाधिकारी र इँटा उद्योगीहरुबीच २०७६ असार मसान्त भित्र भकुण्डे क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन गरिएको ८ बुँदे सहमति अनुसार पत्राचार गरी हटाउन निर्देशन दिएपनि नहटाएका कारण नगर कार्यालयले गत भदौ ८ गते वडा न– २ र ३ मा सञ्चालन हुँदै आएका ८ वटा इँट्टा उद्योगको भट्टाचिम्नी मेसिन (क्रेन)को प्रयोग गरी भत्काएको थियो ।

नगरका स्थानीय ४५ वटा समाजिक संघ संस्था तथा स्थानीयवासीले इँट्टा उद्योग हटाउन आन्दोलन गदै आएका थिए । नमोबुद्ध नगरपालिका बाताबरण शाखाका प्रमुख सन्तोष काफ्लेका अनुसार इँट्टा उद्योगबाट निस्केको धुँवा धुलोबाट मानव जीवन, वनबाताबरण र खानेपानीमा गम्भीर असर पुग्ने भएकाले सबै इँट्टा उद्योग हटाउने अभियानमा नगरपालिकाका सबै नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७६, ११ मंसिर बुधबार  ६ : ३१ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो