२०८१, १० बैशाख सोमबार

डा. केसीले गरे अनशन स्थगित

डा. केसीले गरे अनशन स्थगित


डडेल्धुरा : प्रा.डा. गोविन्द केसीले सत्रौं पटकको अनशन नौ दिनमा स्थगित गरेका छन्। भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि देशमा चलिरहेको आन्दोलनलाई समर्थन गरेको बताएर अनसन अन्त्य गरेका हुन्। यसपटक उनी डडेल्धुरा पुगेर अनसन बसेका थिए । उनको स्वास्थ्य खराब भएको भन्ने समर्थकहरुले हल्ला पिटाए पछि सरकारले के सी लाई लिन हेलिकोप्टर पठाएको थियो ।

आफू स्वस्थ्य रहेको बताएर के सीले हेलिकोप्टर रित्तै फर्काइ दिएका थिए । सत्रौै पटकको अनसनमा आइपुग्दा सम्म उनले हरेकपटक आफ्ना माग परिवर्तन गर्दै आएका छन् । ‘भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ। यो समाचारले अरु नेपाली जस्तै म पनि स्तब्ध छु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा जनस्तरबाट देशभर आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई मनन् गर्दै हाल जारी सत्याग्रह स्थगन गर्ने निर्णय गरेका छौं।’ डा. केसीले ४ वर्षीया बालिकाको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

डा. केसीले लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनशन स्थगित गरेका हुन्। प्रेस विज्ञप्ति दुरदारजमा बस्ने विपन्‍न लगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं । यसै क्रममा सरकारसमक्ष विभिन्न ७ बुँदै माग र।ाखेर यही कार्तिक १७ गतेदेखि सत्याग्रहरत छौं । यहीबीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु ।

सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिं छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ । आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर सत्तामा हुनेहरुले राष्ट्रियताको वहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन ।

त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कुटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन । चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरे पनि तर्कन सक्दैन । राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।

तर स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खण्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं । हामीलाई यस सत्याग्रहका क्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दर्छौं । डडेल्धुरा, बैतडी र डोटीलगायत सुदुरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेशागत संघ संगठनका सदस्यहरु, उद्योगी-व्यवसायीहरु, यातायात व्यवसायी र मजदुरहरु लगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दर्छौं ।

डा गोविन्द केसी
डडेल्धुरा २०७६।७।२६

प्रकाशित मिति : २०७६, २६ कार्तिक मंगलबार  ५ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने