२०८०, १५ चैत्र बिहीबार

श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या


लहान, २० कात्तिक:सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन् ।

बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी कवितालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रनाउ खनालले बताउनुभयो । श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २० कार्तिक बुधबार  ५ : ४० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय