२०८१, ११ बैशाख मंगलबार

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, मन्त्री दुलाल अस्पतालमा

सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, मन्त्री दुलाल अस्पतालमा


मेलम्ची, २४ असोज: इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आचार्यले बताउनुभयो । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेपालले जानकारी दिनुभयो । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

घाइतेको धुलिखेल र बनेपामा उपचार हुँदै
बनेपा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो । “विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो”, तामाङले भन्नुभयो, “घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन् ।”

मन्त्री दुलाल अस्पतालमा

यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल घाइतेको अवस्था बुझ्न धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा आउनुभएको छ । घाइतेको अवस्थाबारे जानकारी लिँदै मन्त्री दुलालले उपचार भइरहेको ८५ जनामध्ये केहीको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको जानकारी पाएको बताउनुभयो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० भोटसिपास्थित बडहरेचोकमा भएको बस दुर्घटनमा परी घाइते भएकाको धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतहरुको अवस्था बुझदै प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल । तस्बिर : पेमा लामा

दुर्घटनापश्चात् उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाउने, स्थानीय सरकार, स्थानीय राजनीतिक दलहरु र सामाजिक व्यक्तित्व सबै खटिएको कारण छिटो उपचारका लागि पठाउन सहयोग भएको उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० भोटसिपास्थित बडहरेचोकमा भएको बस दुर्घटनमा परी घाइते भएकाको धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतहरुको अवस्था बुझदै प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल । तस्बिर : पेमा लामा

“हामी सबै मिलेर उद्धार गर्ने काम ग¥यौँ”, मन्त्री दुलालले भन्नुभयो, “नेपाली सेना र निजी क्षेत्रको समेत हेलिकप्टर लगेर घाइतेहरुको छिटो उपचारको लागि व्यवस्था गरेका छौँ ।” घाइतेको जीवन सुरक्षाको लागि अपनाउनुपर्ने सबै सावधानी अपनाइरहेको मन्त्री दुलालले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २४ आश्विन शुक्रबार  ६ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने