२०८०, १५ चैत्र बिहीबार

भौतिक पूर्वाधारमा चिनियाँ सहयोग स् जनस्तरमा विस्तारित सम्बन्ध

भौतिक पूर्वाधारमा चिनियाँ सहयोग स् जनस्तरमा विस्तारित सम्बन्ध


काठमाडौँ  १७ असोज : तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो रु एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ ।

डेढवर्ष पहिलेसम्म कोटेश्वर– कलङ्की खण्डमा घण्टांै सवारीको जाम हुन्थ्यो । कार्यालय हिँडेका, अत्यावश्यक कामका लागि निस्केका, अस्पताल जान लागेका बिरामी तथा सर्वसाधारणले ठूलो हैरानी भोग्नु परेको थियो । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलङ्की–चक्रपथ विस्तार सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यतिखेर कलङ्कीको जाम एउटा इतिहास भइसकेको छ ।

यस्तै दोस्रो खण्ड अन्तर्गत कलङ्की– महाराजगञ्ज सडक खण्डको काम पनि निकट भविष्यमा नै शुरु हुन लागेको छ । सो सडक खण्ड निर्माण भई सञ्चालनमा आएपछि त्यसले पार्ने प्रभाव पनि बेग्लै तर सकारात्मक हुनेछ । कूल २७ किलोमिटर लामो चक्रपथको विस्तार गरी आठ लेनको बनाउने काममा चिनियाँ सहयोग प्राप्त भएको छ । त्यसमध्ये एउटा खण्ड सकिइसकेको छ भने दोस्रो खण्डको काम शुरु हुने तयारीमा छ ।

तेस्रो खण्डमा महाराजगञ्ज– कोटेश्वर खण्ड छ । सो खण्डको पनि नेपाल सरकार आफैले वा विदेशी सहयोगमा निर्माण गर्ने भन्ने बारेमा छलफल जारी छ । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारको विस्तारमा चीन सरकार र चिनियाँ नागरिकले भरपूर सहयोग गरेका छन् । सो सडक खण्ड निर्माणमा आएका चिनियाँ कामदारले काम गर्ने शैली, सीप र तरिका पनि नेपालीका लागि अर्को अनुकरणीय पाटो बनेको थियो ।

कोटेश्वर–कलङ्की सडक खण्ड गत माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कुनै विदेशी शहरमा पुगे जस्तो लाग्ने आकर्षक सडक चिनियाँ प्रविधि र मेहनतमा निर्माण गरिएको हो । दुई देशबीचको जनस्तरको सम्बन्धको विस्तारका लागि सो सडक खण्ड थप एक कोशेढुंगा भएको जानकारको भनाइ छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलङ्कीसम्मको आठ लेनको १० किलोमिटर ४०० मिटर सडक विस्तार गरेको हो ।

करीब रु पाँच अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सो सडक खण्डको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकामा चीन सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्सट्रक्सन ग्रुपले सो सडक निर्माण गरेको हो ।

कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारका लागि विद्युत्का पोल हटाउने, रुख हटाउने तथा अन्य काम शुरु भइसकेको छ । काठमाडौंँ चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालका अनुसार कलङ्कीबाट रुख कटानको काम शुरु भएको छ । हालसम्म करीब ३०० विद्युत्का पोल सारिएको छ । आगामी मंसिरसम्म सडक विस्तारका लागि मार्गप्रशस्त गर्ने लक्ष्य राखिएको छ । सो आयोजनामा पनि गोंगबु र महाराजगञ्जमासमेत कलङ्कीको जस्तै अण्डरपास बनाउने प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०मा समावेश छ ।

नेपाल र चीनबीचको सदियांैदेखिको सम्बन्धलाई ठूला भौतिक पूर्वाधार निर्माणबाट जनस्तरमासमेत विस्तार भइरहेको छ । रानीपोखरीको ठिक अघिल्तिर निर्माण भइरहेको दरबार हाइस्कुल समेत चिनियाँ सहयोगमा नै निर्माण भइरहेको छ । ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त भएको सो विद्यालय निर्माणमा पनि चिनियाँ सहयोग उपलब्ध छ ।

पछिल्ला दिनमा चिनियाँ कम्पनीसँग संयुक्त रुपमा काम गरिरहेको नेपाली निर्माण व्यवसायी रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमण महतो ठूला भौतिक पूर्वाधार निर्माणमा विदेशी सीप र प्रविधिबाट नेपालले ठूलो लाभ हासिल गर्ने बताउनुहुन्छ । भेरी– बबई डाइभर्सन आयोजनामा रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन कम्पनीसँगको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतो विदेशी सीप र काम गर्ने क्षमतालाई नेपालमा ल्याउने र आगामी दिनमा नेपाली व्यवसायीले नै काम गर्नसक्ने वातावरण बनेको बताउनुभयो । विदेशी सीप र प्रविधि सिकेर देशभित्रै दक्षजनशक्ति उत्पादन गर्ने सार्थक पहलमा सरकार सफल हुँदै गएको देखिन्छ । ठूला भौतिक पूर्वाधार निर्माणमा सरकारको योजनालाई यस्ता सहकार्यले थप सबल बनाउँदै लगेको छ ।

रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतो चिनियाँलगायत विदेशी कम्पनीको कामप्रतिको जिम्मेवारी, काम गर्ने शैली, उनीहरूले सोच्ने तरिका र अनुभवले नेपाली निर्माण व्यवसायीलाई थप मार्गदर्शन गर्ने बताउनुहुन्छ । चीन सरकारको सहयोगमा निर्माण भएको सिभिल अस्पतालले निजामति कर्मचारीका अलावा अन्य नागरिकलाई समेत सेवा दिइरहेको छ । नेपाल– चीन सम्बन्धको नाम लिँदा आउने उदाहरणका रुपमा समेत सो अस्पताललाई लिने गरिन्छ ।

यस्तै, चिनियाँ सहयोगमा नै दैलेखमा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको उत्खनन कार्य शुरु गर्ने तयारीमा सरकार लागेको छ । भूकम्प, नाकाबन्दी, प्राकृतिक विपत्तीमा समेत चीनले नेपाललाई खुल्ला हृदयका साथ सहयोग गरेको थियो । यस्तै, गत जेठ १५ गतेदेखि नै भूकम्पले बन्द भएको तातोपानी नाका सञ्चालनमा आएको छ । ठूलो कष्टपछि नेपाल चीन सम्बन्धको प्रमुख सेतुका रुपमा रहेका नाका खुलेसँगै चहलपहल पनि शुरु भएको छ ।

उता सधैँजसो धावनमार्गको कालोपत्र उप्केर समस्यामा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत पनि चिनियाँ प्राविधिक र निर्माण व्यवसायीले गरेको हो । कूल तीन हजार मिटर लामो धावनमार्ग तोकिएको समय अगावै सम्पन्न भयो । निर्धारित समयमै काम सम्पन्न नहुने रोग नेपालका लागि नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ ।

जिम्मेवार निकायले इमान्दार भएर प्रयास ग¥यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुनसक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको धावनमार्गको मर्मतले । चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै उक्त काम सम्पन्न गरेको हो ।

यसरी ठूला भौतिक पूर्वाधार निर्माण, सीप र प्रविधिको हस्तान्तरणमा चीन सरकारले नेपाललाई हृदयदेखि नै सहयोग गर्दै आएको छ । बीच–बीचमा भएका उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदानले पनि दुई देशको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको छ । चिनियाँ राष्ट्रपति केही दिनपछि नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । भ्रमणका क्रममा केही महत्वपूर्ण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको सरकारको भनाइ छ । रासस

प्रकाशित मिति : २०७६, १७ आश्विन शुक्रबार  ७ : २१ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय