२०८१, १० बैशाख सोमबार

पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

पाकिस्तानमा बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते


काठमाण्डौ ५ असोजः पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो ।

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०७६, ५ आश्विन आईतबार  १ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने