२०८१, ११ बैशाख मंगलबार

मन्त्री भट्टराईलाई जहाजभित्रै यात्रुले गरे तथानाम गाली

मन्त्री भट्टराईलाई जहाजभित्रै यात्रुले गरे तथानाम गाली


काठमाडौं, भदौ २९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा केही युवाले जहाजभित्र गालीगलौज गरेका छन् । मन्त्री भट्टराईका कारण जहाज उड्न ढिलो भएको भन्दै उनीहरुले जहाजमा भित्र बसेका मन्त्री भट्टराईलाई गालीगलौज र हप्कीदप्की गरेका हुन् ।

मन्त्री भट्टराईलाई जहाजभित्रै गालिगलौज गरेको भिडियो राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए । नेपालगञ्जबाट काठमाण्डौ उड्न लागेको जहाजलाई मन्त्रीले एक घण्टासम्म कुराएको भन्दै ज्ञानेन्द्र शाही समूहले गालीगलौज गरेको हो । ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् । मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उद्घाटन कार्यक्रममा सहभागि हुन कैलालीको धनगढी हुँदै टीकापुर गएका थिए । टीकापुरको कार्यक्रम सकेर शनिबार साँझ नै नेपालगञ्जबाट बुद्धएयरको अन्तिम फ्याइट मार्फत काठमाण्डौ फर्कने योजना थियो । तर टीकापुरको कार्यक्रम निर्धारित समयभन्दा ढिला सकिएपछि जहाज रोकिएको थियो ।

यस्तो छ उनको फेसबुक स्टाटस:

प्रकाशित मिति : २०७६, २९ भाद्र आईतबार  ८ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने