२०८१, १२ बैशाख बुधबार

हामी यो वर्ष सहकारीको एकीकरण वर्षको रुपमा मनाउने तयारी गरिरहेका छौं

हामी यो वर्ष सहकारीको एकीकरण वर्षको रुपमा मनाउने तयारी गरिरहेका छौं


० जिल्ला सहकारी संघको साधारण सभाको तयारी कस्तो हुँदैछ ?

–हरेक सहकारी संघ/संस्थाहरुले प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । त्यसैले हामी वार्षिक सभा अन्तर्गत जिल्ला सहकारी संघको ३८ औं वार्षिक साधारणसभा ५२ औं स्थापना दिवसको सन्दर्भ पारेर भव्यरुपमा कार्यक्रम सम्पन्न गर्नका लागि अन्तिम तयारीमा जुटिरहेका छौं । कार्यक्रमको उद्घाटन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री पद्माकुमारी अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने भव्य तयारी भएको छ ।

० साधारणसभाले महत्वपूर्ण निर्णय पनि लिने तयारी छ कि ?
– साधारणतया सहकारी संघ÷संस्थाहरुको वार्षिक साधारणसभाहरुमा वार्षिक नीति योजना तथा कार्यक्रमहरु स्वीकृत गर्ने, अघिल्ला वर्षहरको समीक्षा गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने जस्ता नियमित विषयहरुको अलावा यस वर्ष हामी जिल्ला सहकारी संघ काभ्रेको वार्षिक साधारणसभाबाट चालु आ।व। ०७६/०७७ को वर्षभरीलाई सहकारीको एकीकरण वर्षको रुपमा मनाउने तयारी गरिरहेका छौं । संगसँगै सदस्यता विस्तार, सहकारीहरुको क्षमता विकास, सहकारी बजार विकास कार्यक्रमको कार्यान्वयन, वृक्षरोपण, सरसफाई रक्तदान जस्ता सामुदायिक विकासका कार्यक्रमहरु र सहकारी अभियानमा विषेश योगदान पुर्याउनुहुने सहकारी अभियान्ता, सहकारी संघ/संस्था तथा पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रम अगाडि बढाउने योजनामा रहेका छौं ।

० यसअघि यस्ता सामाजिक विकासका कायहरु संघले के योगदान पु¥याएको थियो ? 
– सहकारी संचालनको सिद्धान्तहरुमध्ये समुदायप्रतिको चासो महत्वपूर्ण सिद्धान्तको रुपमा लिइन्छ । तर यस अन्तर्गत सामुदायिक क्षेत्रमा सहकारीहरुले पर्याप्त योगदान पु¥याउन सकिरहेका छैनन् । त्यसैले जिल्ला सहकरी संघले पनि यसबीचमा सामुदायिक विकासको क्षेत्रमा खासै योगदान पु¥याउन सकिरहेको अवस्था नरहेकोले यस वर्षबाट हामी यो क्षेत्रमा पनि ठोस योजनाका साथ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।

० तपाईहरुको संघमा आवद्ध भएका सहकारीहरु खासगरी पुग्नु पर्ने समुदायमा पुगेको छैन भन्ने आरोप पनि लाग्ने गर्छ नि रु तपाईहरुले के गर्नुभएको छ ? 
– सहकारीहरुले खासगरी आफ्ना सदस्यहरुको बीचमा मात्र सेवा लिने र दिने कार्य गर्ने भएकोले हरेक सहकारीहरुले सदस्यहरुको बीचमा मात्र गतिविधिहरु सञ्चालन गर्दा पनि त्यस्तो आवास भएको हुनसक्छ । सहकारीहरुले उपलब्ध गराउने सेवाहरु उपभोग गर्न सहकारीको सदस्य नै बन्नु पर्ने भएकोले सहकारी क्षेत्रभन्दा बाहिर रहनु भएका नागरिकहरुलाई सहकारीतामा आवद्ध भई संस्थाले उपलब्ध गराउने सेवा उपभोग गर्न अनुरोध गरिन्छ ।

० खासगरी सहकारी कस्ता समुदायका लागि हुनुपर्ने हो त ?  सहकारीहरु पूँजीपतिहरुकै हातमा रह्यो भन्छन् नी ?
– खासगरी सहकारी क्षेत्र जो एक्लैले पूँजी, मानवीय शक्ति जुटाउन सक्दैन । त्यस्ता व्यक्तिहरुको सामुहिक प्रयत्नबाट सहकारीको माध्यमबाट अगाडि बढ्नु पर्ने हो । तर कतिपय सन्दर्भमा त्यस्तो भएको पाइँदैन । जसले आफैंले पूँजी र श्रम शक्ति जुटाउन सक्दा पनि सहकारीलाई सामुहिक प्रयत्नबाट औद्योगीकरणतर्फ लैजानुपर्ने  तर त्यसो नभएकोले सहकरी मुठ्ठीभरका व्यक्तिहरुले मात्रै सञ्चालन गरेको हो कि भन्ने जस्तो देखिएको मात्र हो ।

० गरिवीको रेखामुनि रहेका समुदायलाई सहकारीले के दियो नी  ? 
– सदस्यहरुको बीचमा सामुदायिक भावनाको विकास, बचत गर्ने बानीको विकास, आपसी चिनजान र हार्दिक बढाउने विषयहरु, सामान्य खरखाँचो पु¥याउन सरल कर्जा उपलब्ध गराउने जस्ता विषयहरुमा सहकारीहरुले कुनै न कुनै रुपमा योगदान गरिरहेका छन् । यद्यपी यो पूर्ण भने भएको छैन ।

० कतिपय सहकारीले त कंगाल नै बनाएको पनि सुनिन्छ, नि के हो खासमा ?
– नगण्य रुपमा केही बजार केन्द्रित सहकारीहरुबाट यस्ताखाले मर्का परिरहेको गुनासाहरु पनि सुनिएका छन् । खासगरी सहकारीलाई सही ढंगबाट बुझेर कारोबार नगर्दा पनि यस्तो समस्या आएको देखिएको छ भने केही सहकारीहरुमा निजी स्वार्थबाट सञ्चालन भएर पनि यस्तोखाले समस्याहरु देखिएका छन् । यसलाई निराकरण गर्नका लागि सरकार र सहकारी अभियानका नेतृत्वदायी निकायहरुले सहकारी सचेतना र शिक्षा तालिमका विषयहरुलाई विशेष अभियानकै रुपमा सञ्चालन गरेर अगाडि बढ्नु पर्ने देखिएको छ ।

० यस जिल्लाहरुको हकमा सहकारी र समुदायको बीचमा संघले के अनुभव गरेको छ ? 
– काभ्रे जिल्लामा सञ्चालित अधिकांश सहकारी संस्थाहरु समुदायमुखी नै भएर सञ्चालन भएको छ । खासगरी त्यस्ता गुनासाहरु संघमा आएको छैन तथापी केही बजार केन्द्रित सहकारीहरुबाट सहकारीको भावना र ऐन नियम प्रतिकुल हुने गरी गतिविधीहरु सञ्चालन हुने गरेको सुन्नमा आउँछ । यसलाई राज्यको तर्फबाट अभियानको सहयोग लिएर नियमित र व्यवस्थित अनुगमनद्वारा सच्याउन लगाउनु पर्छ ।

प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार  ३ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने