२०८०, १६ चैत्र शुक्रबार

भरतपुरको फोहर नारायणी किनारमा फाल्न रोक

भरतपुरको फोहर नारायणी किनारमा फाल्न रोक


भरतपुर, २४ भदौ: भरतपुर महानगरपालिकाको फोहर नारायणी किनारमा फाल्न स्थानीयवासीले रोक लगाएका छन् । महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नं–३ का स्थानीयवासीले फोहर फाल्न रोक लगाएका हुन् । स्थानीयवासीले ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिसमेत बनाएका छन् । महानगरले भरतपुर महानगरपालिका–३ स्थित नगरवन क्षेत्रबाट नारायणी किनारमा फोहर फाल्दै आएको छ । नारायणीमा फोहर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । तर महानगरले ल्याण्डफिल्ड साइट निर्माण नहुञ्जेलसम्मका लागि भन्दै सो क्षेत्रमा फोहर फाल्ने गरेको हो ।

आज बिहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइटपीडित सङ्घर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिनुभयो । विगत १० वर्षदेखि भरतपुर महानगरले अव्यवस्थित र अवैज्ञानिक ढङ्गले नागरिकको स्वास्थ्यमा असर पर्ने गरी फोहर फालेको तर स्थानीयवासीको सेवा सुविधामा बेवास्ता गरको उहाँले बताउनुभयो ।

आफ्ना मागका सम्बन्धमा महानगर प्रमुख रेनु दाहाललाई ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको श्रेष्ठको भनाइ छ । माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने उहाँले बताउनुभयो । “यो महानगरपालिकाभरिको फोहर ल्याएर फाल्ने ठाउँ होइन”, श्रेष्ठले भन्नुभयो, “स्थानीयवासीले सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षालगायतका विषय महानगरपालिका समक्ष मागका रूपमा पेश गरेका छन् ।” माग लिएर महानगर जाँदा प्रमुख दाहालले हेप्ने काम गरेको श्रेष्ठले गुनासो गर्नुभयो । सङ्र्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्बोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयवासीलाई महानगरको व्यवहारले आक्रोशित बनाएको बताउनुभयो । अव्यवस्थित फोहर थुपारिएकै कारणले भरतपुरमा रोगको प्रकोप फैलने गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा हिउँदमा फालिएको फोहर बर्खामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम बर्सेनि निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहर र दूषित ढल मिसिँदा नारायणी नदी प्रदूषित बन्दै गएको छ । स्थानीयवासीका अनुसार अस्पतालजन्य फोहरका रुपमा गर्भपतन गरिएका र अन्य कारणले मरेका बच्चादेखि सालनाल, काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याडलगायतका सामग्रीसमेत नदी किनारमा फाल्ने गरिएको छ ।

नारायणगढको मुख्य चोक पुल्चोकबाट दुई किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा महानगरले विगत १० वर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ करीब १५० घरधुरी छन् । भरतपुर महानगरपालिका–३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डितले स्थानीयवासीले उठाएको विषयबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्न्ुभयो, “स्थानीयवासीका केही माग भए पनि त्यसलाई क्रमिकरूपमा समाधान गर्दै जानुपर्छ ।” उहाँले हतारमा फोहर फाल्न अवरोध गर्न नहुने विचार राख्नुभयो । उहाँले महानगरपालिकाको अन्यत्र फोहर फाल्ने विकल्प नभएकाले पनि नारायणी दोभानमा फोहर फाल्नु परेको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले विगतमा पनि महानगरपालिकाले सो क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिहेको र आउँदा दिनमा पनि गर्ने बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको दिगो समाधानका लागि एक कोरियाली संस्थासँग सम्झौतासमेत गरेको छ । सरकारले भरतपुर महानगरपालिका–११ को आँपटारीमा ल्याण्डफिल्ड साइट बनाउने भन्दै जग्गा दिने निर्णय विसं २०६८ मा नै गरेको हो । भरतपुरमा ल्याण्डफिल साइट बनाउन महानगरले करीब १५ बिघा जमीन पाएको छ ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ७ : ०५ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय