२०८१, १० बैशाख सोमबार

डेङ्गु रोगको शुरु गरियो वीर अस्पतालमा परीक्षण

डेङ्गु रोगको शुरु गरियो वीर अस्पतालमा परीक्षण


काठमाडौ, २० भदौ : देशको जेठो अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको वीर अस्पताले काठमाण्डु उपत्याकामा डेगु रोगको परीक्षण थालेको छ । उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरु गरेको हो ।

डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा. डा. केदार सेञ्जुरीले जानकारी दिए । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुँदै आएको थियो । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले यो सेवा शुरुवात गरेको जनाएको छ ।

वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । निर्देशक सेन्चुरीले भने, “डेङ्गुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ । टेकुले पनि धान्न सक्ने अवस्था देखिएन । बिरामीको सङ्ख्या बढ्न थाल्यो । भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ ।”

अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ । यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ ।

एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ । बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिनुभयो । अस्पतालमा डेङ्गु रोगीका उपचार गर्न २४ शैया मात्र रहेको छ । अस्पतालले थप २० शैया थप गर्ने तयारीमा अस्पताल लागेको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  १० : ४४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने