२०८०, १६ चैत्र शुक्रबार

भिमखोरीमा बिजुली बलेसँगै उज्यालियो स्थानीयको मुहार

भिमखोरीमा बिजुली बलेसँगै उज्यालियो स्थानीयको मुहार


धुलिखेल १५ भदौ: मेर्पाकी ७६ बर्षीय डम्बर कुमारी रुचालले पहिलो पटक स्वीच प्याट पारिन । घरको कोठा उज्यालियो । त्यो भन्दा बढी उनको मुहार उज्यालिएको आभाष देखिन्थ्यो ।

किन भने यसअघि उनको घरमा बिजुली बत्ती बलेको थिएन् । उनको घर त के गाउँमै पनि बिजुली पुगेको थिएन् । टुकीको साहारामा ७६ वर्ष कटाएकी डम्बर कुमारी गाउँमा बिजुली आउने कुराले उसै पनि खुशी थिइन् । आफ्नै घरमा बिजुली बलेपछि उनको खुशीले सिमा काट्यो । ‘टुकी बत्ती बालेरै यतिका वर्ष बित्यो, उनले सुनाइन् तर यो उमेरमै भएपनि आफ्नो घरको चोटा, कोठामा बिजुली बाल्न पाइयो धेरै खुशी लागेको छ ।’

डम्बर कुमारीको जस्तै सोहोरेका ५५ वर्षीय युक्त बहादुर आलेको घरमा पनि बिजुली बल्न थालेको छ । टुकीको साहारामा बिताएको रातहरु सम्झदैँ युक्तले भने युद्ध जितेको जस्तै भएको छ । राजधानीबाट नजिकको जिल्ला भएरपनि बिजुलीको मुहार देख्न यत्तिको बर्ष कुर्नु पर्यो ।

डम्बर कुमारी र युक्त बहादुरको नजिकै पर्ने तल्लो केराबारी, माथिल्लो केराबारी र भोटेसालु गाउँका केहि स्थानीयले भने केहि वर्षअघि देखिनै साना जल विद्यूत आयोजनाबाट उत्पादन भएको विजुली बत्ति बालिसकेका थिए ।

तर रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ नम्बरका एक दर्जनभन्दा बढी गाउँमा भने विद्यूत सेवा पुग्न सकेको थिइन् । अघिल्लो हप्ता देखि भने यी वडाका गाउँहरुमा पनि विजुली बत्ती पुगेको छ । गाउँ विद्यूत सेवा पुर्याएर स्थानीयको मुहारमा उज्यालो थपेको हो नयाँ किरण विद्यूत सहकारी संस्थाले । यो संस्थाले गाउँमा विद्यूत सेवा पुर्याउन २०७० माघ १० गतेबाट कामको थालनि गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गत नयाँ किरण विद्युत सहकारी संस्थाले पुर्याएको विजुलीबाट पहिलो चरणमा वडा नम्बर १२ को रातमाटा, हाइटार, हर्कपुर, शिखरपुर, घ्याङडाँडा, केराबारी, कम्मरदेउ, च्याँख्ले, डाँडपाखा, आँपडाँडा, भोटेशालु र मगरशालु गाउँ झिलिमिलि भएको छ ।

त्यस्तै वडा नं. ११ को माम्तिबेशी, पिप्ले, रामरिङ, जुगेपानी, कातार्जे मिन्दुपा, मेर्पा र सोहोरे गाउँका स्थानीयले विजुली बत्ति बाल्न सुरु गरेको नयाँ किरण विद्यूत सहकारी संस्थाका अध्यक्ष चन्द्र माया तामाङले बताइन् । यी दुबै वडाका गरी एक हजार घरधुरी लाभान्वित भएका छन् । अध्यक्ष तामाङले गाउँमा बिजुली पुर्याउन सुरुवाती अवस्थामा गर्नुपरेको संघर्षका ती दिन सम्झदैँ गाउँमा बिजुली पुगेसँगै नयाँ आयाम आइपुगेको बताइन् ।

अहिले यी गाउँमा विजुली पुर्याउनका लागि ५० केभिए र १०० केभिए भोल्टेज गरी ८ वटा लोडसेण्टर (ट्रन्सफरमर) जडान गरिएको छ । तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडको सेवा क्षेत्रभित्र पर्ने टेकानपुरमा ट्यापिङ गरिएको छ । त्यस्तै तेमाल गाउँपालिका वडा नं. १ मा रहेको आधाबाटमा समेत टिओडी मिटर जडान गरिएको अध्यक्ष तामाङले बताइन् ।

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  १० : १४ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय