२०८०, १५ चैत्र बिहीबार

चौरीदेउरालीका १५ घरपरिवार पहिराको उच्च जोखिममा

चौरीदेउरालीका १५ घरपरिवार पहिराको उच्च जोखिममा


काभ्रे, २९ असार : अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–४ र ५ वडामा पहिरो गई १५ घरपरिवार उच्च जोखिममा रहेका छन् । वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका हुन् ।

“वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घरहरु निकै जोखिममा परेका छन्”, वडाध्यक्ष गौतमले भन्नुभयो, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागाईं र नवराज चौलागाईं घर छाडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमाथि बाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेका जनाइएको छ । गाउँपालिकाका अध्यक्ष दीननाथ गौतम, उपाध्यक्ष तारा चौलागाईं र वडा नं ५ का वडाध्यक्ष गौतमले जोखिममा परेका तथा विस्थापित परिवारहरुको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारहरुलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरिसक्नुभएको छ ।

त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि कामदारहरु सुरक्षित स्थानतर्फ सरिसकेका वडाध्यक्ष गौतमले बताउनुभयो ।

मृतकका परिवारलाई राहत 
घरमाथि बाट पहिरो आई घर भत्केर निधन भएका बनेपा नगरपालिका–३ चुनातालका दङ्गाल परिवारलई गृहमन्त्रालयबाट उपलब्ध रकम आज वितरण गरिएको छ । प्रजिअ उदयबहादुर राना मगर नेतृत्वको टोलीले निधन भएका गोमा दङ्गाल र सुहाबी दङ्गालको घरमा नै पुगेर घरमुली रामप्रसाद दङ्गाललाई नगद रु दुई लाख हस्तान्तरण गर्नुभएको हो ।

गृह मन्त्रालयले बाढीपहिरोमा परी दुःखद निधन भएका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेअनुरुप उक्त रकम वितरण गरिएको हो । सो क्रममा नेपाल रेडक्रस सोसाइटी र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट उपलब्ध गराइएको राहत सामग्रीसमेत प्रजिअ मगरले हस्तान्तरण गर्नुभएको थियो ।

राहत हस्तान्तरण गर्न पुग्नुभएका प्रजिअलाई पीडित रामप्रसादले घाइते अवस्थामा उपचार भइरहेकी बुहारी सुशीला दङ्गालको उपचारमा छिटोछरितो गर्नाका साथै थप आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिदिन आग्रह गर्नुभयो । आज नै सहायक प्रजिअ वसन्तराज पुरी नेतृत्वको टोलीले अस्पतालमा नै पुगेर सो घटनामा परी घाइते हुनुभएका सुशीलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँको अहिले बनेपास्थित शिर मेमोरियल अस्पताल घोकेचौरमा आइसियुमा राखेर उपचार भइरहेको छ । घाइते तीन महीनाकी शिशु अनुष्का दङ्गालको भने हिजो नै उपचारपश्चात् घर पठाइसकेको जनाइएको छ ।

यसैबीच घाइतेको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बनेपा नगरपालिकाले व्यहोर्ने नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तत्कालका लागि मृतक एक जना बराबर रु पाँच हजारका दरले रकम उपलब्ध गराउने र थप सहयोगका लागि कार्यपालिकाको बैठकले निर्णय गरेर सहयोग गर्ने बताउनुभयो । अविरल वर्षाका कारण यही असार २७ गते बिहान माथिबाट पहिरो आई घर भत्ँिकदा दुई जनाको घटनास्थलमा नै निधन भएको थियो ।रासस

प्रकाशित मिति : २०७६, २९ असार आईतबार  ८ : ०३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय