२०८१, १० बैशाख सोमबार

काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन

काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन


धुलिखेल, १४ बैशाख : झण्डै दुई दशक सहकारी क्षेत्रमा बिताएका काभ्रेका दिपिल शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गरिएको छ ।

शनिबार धुलिखेलमा एक कार्यक्रमका बीच शर्माको पुस्तक सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । शर्माको पुस्तकमा ३९ वटा शीर्षक छन् । जहाँ काभ्रेको अति दुर्गम डाँडापारी, कोशीपारी क्षेत्रका सहकारी देखि अन्तर्राष्ट्रिय स्तरसम्म सहरकारीको अवस्था झल्किन्छ । ‘यो एउटा अनुभव र अध्ययनमा आधारित पुस्तक हो, शार्माले भने ‘सहकारी मार्फत गर्न सकिने थुप्रै चिज समेट्ने कोशिस गरेको छु ।’

पुस्तकमा मुलुकको नयाँ संरचना अनुसार सहकारीको महत्व पनि उल्लेख गरिएको छ । ‘पुस्तकले सहकारीको गुणात्मक विकासका लागि समेत महत्वपूर्ण योगदान पुर्याउने छ, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले पुस्तकको समीक्षा गर्दै भने ‘सहकारीमा लाग्ने नयाँ पिँढीका लागि यो एउटा गतिलो अध्ययन सामग्री हो ।’ उनका अनुसार पुस्तकमा सहकारीले हासिल गरेका र गर्नुपर्ने कुरालाई समेत स्पष्ट ढंगले समावेश गरिएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीको अध्ययन गर्नेहरुका लागि शर्माको पुस्तकले एउटा इट्टा थलेको बताए । उनले सिँगो मुलुकको सहकारीको अगुवाई काभ्रे जिल्लाले गरेको भन्दै पुस्तकले अझ उर्जा थलेको तर्क गरे । ‘सहकारीलाई पारदर्शि र सुशासन कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि यो पुस्तकमा उल्लेख छ, उनले भने ‘सहकारी सम्बन्धी निकै कम मात्रमा सुचना र अध्यक्ष सामग्री छन्, यी र यस्ता पुस्तकहरुले सहकारी अभियानलाई अघि बढाउन अझ मद्दत पुग्ने छ ।’ उनले सहकारीको विकासका लागि स्थानीय देखि संघीय सरकारले समेत ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले पुस्तक सहकारी अभियानताहरुका लागि प्रेरणाको स्रोत बन्ने दाबी गरे । उनले नेपाल सरकारको दिगो विकास लक्ष्य पूरा गर्न समेत सहकारी कठिबद्ध भएर सक्रियाशिल रहेको उल्लेख गरे । ‘हाल साढे ६ खर्ब पूँजी सहकारी क्षेत्रमा मार्फत परिचालन भइरहेको छ, यसलाई अझ ब्यवस्थित गर्न हामी हाम्रो तहबाट लागिरहेका छौँ, उनले भने ‘सहकारीकै माध्यमबाट धेरै देशले ठूल ठूलो प्रगति गरेका छन्, हाम्रो मुलुकको पनि गरिबी कम गराउन महत्पूर्ण योगदान सहकारी कै छ ।’

प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार  ४ : ३० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने