२०८१, १ माघ मंगलबार

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता


काठमाडौँ, १४ फागुन: गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गर्नुभएको छ, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना पूरा गर्न प्रतिबद्ध छौँ ।”

नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका लागि नेपाली जनताले निरन्तर सङ्घर्ष गर्दै आएको स्मरण गर्दै गृहमन्त्री थापाले जनसङ्घर्षको उच्चतम् अभिव्यक्तिका रुपमा दशवर्षे जनयुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनयुद्धमा दलित र महिलाको विशेष योगदान रहेको छ, कालीकोटको प्रहरी चौकी महिलाले कब्जा गर्नुभएको थियो, जनयुद्धमा पहिलो शहीद दलित समुदायबाटै हुनुभएको छ ।”

नेपाल एकीकरणदेखि जनयुद्धसम्म ‘गोरखा’ जिल्लाले ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै उहाँले सामन्तवादको अन्त्य गर्दै जनताको गणतन्त्र स्थापना गर्ने आन्दोलनको शुरुआतसमेत सोही जिल्लाबाट भएको बताउनुभयो । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले दलित मुक्ति आन्दोलनका विरासतका रुपमा ‘जनयुद्ध’ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ६ : ४६ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज