२०८१, ४ माघ शुक्रबार

काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’

काभ्रेका सिर्जनले बनाए हात मिलाउने रोबोट ‘गोल्डेन गर्ल’


काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् ।
कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ ।

सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् ।

अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम र ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ ।

स्कुलले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि आफूले रोबोट बनाएको उनले बताए ।

रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । “रोबोट बनाउन एक महीना लाग्यो”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” अहिले विद्यालयले आयोजना गरेको तीनदिने शैक्षिक प्रदर्शनीमा सिर्जनले बनाएको रोबोर्टले आकर्षण बढाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए ।

प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् ।प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ । रासस

प्रकाशित मिति : २०७५, १३ फाल्गुन सोमबार  १० : ५३ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन