२०८१, ५ माघ शनिबार

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा


काठमाडौं, फागुन १०: नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ।

यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ। भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन्। वैदेशिक रोजगार विभाग आफैंले पनि कलिङ भिसाको विवरण संकलन गर्दा सबैको (४०–५० बाहेक) भिसा सकिएको फेला परेको हो। १० महिनादेखि कचल्टिएको मलेसिया रोजगारीलाई पुरानै अवस्थामा फर्काउन विभागले भिसाको अवस्था हेर्न खोजेको थियो।

वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले अहिले आएका कलिङ भिसामध्ये प्रायः सबैको समय सकिएको जानकारी दिँदै अब के गर्ने भन्ने विषयमा विश्लेषण गर्ने काम भइरहेको बताए।

प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार  ८ : १३ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन