२०८१, ५ माघ शनिबार


काठमाडौं, फागुन १०: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले धर्ना तोड्ने भएका हुन् ।

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिन लागेको हो । निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान् श्रीमती उपचारका लागि काठमाडौं जाने भएका हुन् ।
निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए । यो समाचार मोहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार  ८ : ०४ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन