२०८१, २९ पुस सोमबार

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो

एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो


काठमाडौँ, ८ फागुन: सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ ।

सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल विदेशबाट आयात हुन्छ । फलफूल उत्पादन बढाउन नसक्दा आयात बढेको हो । मुलुकमा एक लाख २६ हजार नौ सय ३४ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि मन्त्रालयले जनाएको छ । यहाँ वार्षिक १० लाख ४० हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । यहाँको मागले नधानेपछि गत वर्ष चार लाख १४ हजार टन आयात भएको थियो ।

राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले नेपालमा फलफूल खानेको संख्या बढेकोले आयात बढेको बताउँछिन् । बजारको माग अनुसार उत्पादन हुन नसकेको उनले बताइन् । यो समाचार दिलीप पौडेलले नागरिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, ८ फाल्गुन बुधबार  ७ : २८ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज