२०८१, ५ माघ शनिबार

ल्होछारको बिदालाई निरन्तरता दिनुपर्छ : पूर्वमन्त्री तामाङ

ल्होछारको बिदालाई निरन्तरता दिनुपर्छ : पूर्वमन्त्री तामाङ


बनेपा, ४ फागुन : पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि दिँदै आएको सार्वजनिक बिदालाई सङ्घीय सरकारले निरन्तरता दिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देवीटारस्थित बगैँचा टोलमा आज आयोजित तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व २८५५औँ फाग् सोनाम ल्होछारका अवसरमा आयोजित बृहत् ल्होछार सांस्कृतिक कार्यक्रममा उहाँले मुलुकको परिवर्तनका लागि तामाङ समुदायले जनयुद्ध र जनआन्दोलनमा ठूलो त्याग र बलिदानी गरेको भए पनि अझै मुक्ति पाउन नसकेको बताउनुभयो ।

सो अवसरमा उहाँले विकास र समृद्धिको आधार शिक्षा भएकाले त्यसतर्फ सबै सजग र सचेत भएर निरन्तर लाग्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिका सबैको आवश्यकता र चाहनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष पञ्चसिं घिसिङले तामाङहरुले आफ्नो पहिचान र मौलिकतालाई जोगाउनका लागि प्रत्येक तामाङलले घर÷घरमा दज्र्यु र लुङदर राख्नै पर्ने बताउनुभयो । कार्यक्रम सुनौलो देवीटार युवा क्लब र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार  ८ : ४७ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन