२०८१, ४ माघ शुक्रबार

सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मन्त्री यादव

सरकारले किसानको पक्षमा काम गरिरहेको छ : मन्त्री यादव


काठमाडौँ, ३ फागुन : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा सरकारले काम गरिरहेको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री यादवले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा सरकारले जोड दिएका बारेमा सदनलाई जानकारी दिनुभयो ।

उहाँले विगतमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पार्नुभयो । उहाँले निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले भन्नुभयो, “सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ, प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेका छौँ ।” उहाँले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरहेको प्रस्ट पार्दै उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समस्या सुल्झाउन प्रयासरत भएको बताउनुभयो । बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँदा किसान मर्कामा परेको र खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाले मन्त्रीको जवाफ मागेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार  ७ : २५ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन