२०८१, ५ माघ शनिबार

कालाजारका नयाँ सङ्क्रमित फेला

कालाजारका नयाँ सङ्क्रमित फेला


सप्तरी, २७ माघ: सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन ।

कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदा उपचारबाट वञ्चित भएका हुन् । उपचार निःशुल्क हुने थाहा पाएर एक हप्ताअघि अस्पताल आउनुभएका सदा घर फर्किनु भएको छ । चार वर्षयता कालाजारको सङ्क्रमित फेला नपरेका कारण अस्पतालले औषधि नराखेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो ।

“नयाँ सङ्क्रमित फेला परेपछि औषधि मगाएका छौँ”, उहाँले भन्नुभयो । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने सरकारको लक्ष्य छ । जिल्लामा यसअघि २०७२ साल वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखापरेको थियो । विसं २०६३ देखि हालसम्ममा जिल्लामा कालाजारका १५६ सङ्क्रमित फेला परेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २७ माघ आईतबार  ७ : ३७ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन