२०८१, ५ माघ शनिबार

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य


काठमाडौं,माघ २२ : सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएको थियो । त्यसअघि कर्णली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएको थिए ।

सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य भएको छ । प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : ५७ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन