२०८१, १ माघ मंगलबार

‘कृषिलाई समाजसँग जोड्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

‘कृषिलाई समाजसँग जोड्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, २१ माघ :प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाज रुपान्तरणका लागि कृषिलाई समाजसँग जोड्नुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र बुटवल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कृषि मेलालाई सम्बोधनगर्दै उहाँले कृषि जनताको जीवनस्तर उठाउने माध्यम भएकाले समाजसँग जोड्नुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक कृषि प्रणालीमा नजाँदासम्म कृषि क्षेत्रको विकास सम्भव नभएको धारणा राख्नुभयो । कृषिको व्यवसायीकरण र बजारीकरणका लागि वाणिज्य सङ्घले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले किसानलाई सम्मान गर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिमा बढ्दो परनिर्भरतालाई घटाउन जरुरी छ, यसका लागि कृषकलाइ प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।”

वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले युवालाई कृषिमा आकर्षित गरी विदेशिनबाट रोक्न सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा उपयुक्त लगानीको वातावरण निर्माण गरी उत्पादन बढाएर प्रदेशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको धारणा राख्नुभयो । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको मेलामा माटो र बोटबिरुवा परीक्षणको व्यवस्था मिलाइएको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ बुटवल मण्डपमा आयोजित मेलामा उन्नत जातका बीउबिजनको बिक्री वितरण र कृषि कर्जा तथा बीमाको व्यवस्था मिलाइएको छ । मेलामा नेपालका ४५ जिल्लामा उत्पादित कृषिउपज प्रदर्शनीका लागि राखिएको छ । छ दिनसम्म चल्ने मेलामा १२५ कक्ष राखिएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ माघ सोमबार  ६ : २३ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज