२०८०, ४ आश्विन बिहीबार

करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु


धनुषा, ५ माघ : करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साह रहेका छन् । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा प्रवाहित ११ हजार भोल्ट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट लड्दा नजीकैको बिजुलीको पोलमा ठोक्ँिकदा पोललाई अड्याउन बाँधिएको तारबाट करेन्ट प्रवाह भई दुवैको घटनास्थलमा नै मृत्यु भएको थियो । बचाउन गएका सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका र उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ९ : ०४ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका