२०८१, ११ बैशाख मंगलबार

सवा तीन अर्ब राजश्व सङ्कलन

सवा तीन अर्ब राजश्व सङ्कलन


विराटनगर, ४ माघ : यहाँस्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो ।

कार्यालयका अनुसार रु तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा रु १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ ।

सङ्कलित राजश्वमा आयकर रु ९२ करोड ८३ लाख १२ हजार, बहाल कर रु पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर रु तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर रु ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क रु एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा रु दुई करोड ८२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु एक करोड नौ लाख छ हजार रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ६ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने