२०८०, १५ चैत्र बिहीबार

माघे सङ्क्रान्ति खान चेलीलाई भ्याइनभ्याई

माघे सङ्क्रान्ति खान चेलीलाई भ्याइनभ्याई


बाजुरा, १, माघ: सुुदूरपश्चिम प्रदेशका अधिकांंश जिल्लामा माघी पर्वकोे रौनकता छाएको छ । उक्त पर्वमा विवाह गरी गएकी दिदीबहिनी र आफन्तलाई मिठो मसिनो खाने कुरा दिने र भेटघाट गर्ने प्र्रचलन रही आएको छ । बाजुराको बुढीगङ्गा नगरपालिका–५ निमनीकी विमला थापा एकाबिहानै उठेर नुहाई माइती घरमा जानेको हतारो गर्दै थिइन् । आफू मात्र नभए साथमा छोराछोरी लिएर माइती घर जान थालेकी हुुन् ।

माघे सङ्क्रान्ति मनाउनका लागि माइतीमा आफन्तसँग भेटघाट र सुमधुर सम्बन्ध रहेकाले माइती घरमा जान थालेको थापाले बताउनुभयो । माघे सङ्क्रान्ति खानका लागि देशबाहिर र जिल्लाका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका दाईभाइसँग भेटघाट गर्नका लागि दशैँपछिको अर्काे चाँडलाई लिने भएकाले हतारहतारमा माइतीघर जान लागेको थापाको भनाइ छ ।

त्यस्तै बडीमालिका नगरपालिका–३ रजालीकी सुमित्राकुमारी खड्का पनि गौमुल गाउँपालिकाको मानाकोटमा दिदीलाई घरबाट सेल तरुल लिएर दिन गएकी छन्् । दिदी माघे सङ्क्रान्ति मनाउन नआएपछि दिदीलाई सेलरोटी र तरुल बोकेर चार घण्टाको पैदल दूरीमा हिँडेर पु¥याउन गएको खड्काले बताउनुभयो । उहाँले आफ्नी दिदीसँग दुई महीनादेखि भेटघाट नभएकोे र चेलीहरुको एक उत्सव भएकाले दिदीको घरमै पु¥याउनका लागि मिठो खानेकुरा र तरुल लिएर मानाकोट गएको बताउनुभयो ।

खड्का जस्तै गौमुल गाउँपालिका–४ मानाकोटकी उमा रोकाया पनि माघे सङ्क्रान्ति मनाउन र आफन्तलाई चेली तिहार दिनका लागि हतारहतारमा जाँदै थिइन् । चेली तिहार दिएर घर फर्किने यात्रामा रहेकी रोकाया आफन्तसँग भेटघाट र रमाइलो गर्नका लागि माइतीघर जान थालेको बताउनुहुन्छ । माइतीघरमा रहेका वृद्धवृद्धा, आमाबुवा र दाजुभाईसँग भेटघाट गर्नका लागि यो पर्व मनाउन थालिएको हुनसक्ने रोकायाको भनाइ रहेको छ । माघे सङ्क्रान्ति सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आआफ्नै रितिरिवाजमा मनाउने प्रचलन छ । तीमध्ये बाजुरामा भने माघीपर्व महीना भरी मनाउने गरिन्छ । ंसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मिठो खानेकुरा पकाएर खवाउने प्रचलन पनि रही आएको छ ।

पुस मसान्तमा सेलरोट पकाएर देवतालाई चढाउने र कागलाई दिने प्रचलन छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाएर कागलाई बोलाएर खुवाउने र चलन चल्दै आएको छ । धर्मशास्त्रानुसार लोकका अधिपति यमराजले पृथ्वीलोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गरेको पण्डित रामप्राद उपाध्यायले बताउनुभयो । यो विवरण ल्याउने र लैैजाने काम भने कागले गर्ने मान्यता रही आएको उहाँ बताउनुहुन्छ ।

उहाँले शास्त्रमा आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमरजले कागलाई आफ्नो दूत नियुक्त गरेको धर्मशास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश बहाकका रुपमा समेत पूजा गर्ने हिन्दू धर्मालम्वीको चलन छ । आजैको दिन कागलाई सम्मानका साथ पूजा गर्न र खानेकुरा दिने चलन रहेको पाइन्छ । कागलाई विशेष गरी अशुभ सन्देश प्र्रवाह गर्ने पक्षीको रुपमा लिइन्छ । कागले पुस १५ गते धाार्मिक तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको यहाँका स्थानीयवासीमा जनविश्वास रही आएको छ । काग निकै चलाखसँगै सर्वभक्ष प्राणी पनि हो ।

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । अन्नबालीमा लाग्ने किरा फट्याङग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले यसलाई सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ । आजको दिन कागलाई पूजाआजा नगरेर खाना नदिए पापको भागी भइन्छ भन्ने धार्मिक विश्वास रहेको पण्डित उपाध्यायको भनाइ छ । कागले लगेर लुकाएको रोटी व्याउने गाईलाई खुवाएपछि बाच्छाबाच्छी सप्रिने जनविश्वास पनि रहेको बताइन्छ । “माघेसङ्क्रान्तिमा कागलाई मिठो खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रही आएको छ,” पण्डित उपाध्यायले भन्नुभयो ।

माघमा माछा, मासु खानु हँुदैन भन्ने पुस्तौँदेखि चलि आएको चलनअनुसार अधिकांश पुरोहित धामीझाँक्री माघ महीना भरी कोदोको रोटी, माछा, मासु बार्ने गर्छन् । पुसको अन्तिम दिन सेलरोटी पकाउने र माघ पहिलो दिन खाने प्रचलनअनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ भन्ने पनि गरिन्छ । माघे सङ्क्रान्तिमा कामको शिलशिलामा देशबाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् भने विवाहित महिला पनि माइतीघर जाने गर्दछन्् ।

जिल्लाका ९ स्थानीय तहमा आ आफ्नै परम्पार र संस्कृतिअनुसार माघी सङ्क्रान्ति मनाउने गरिन्छ । माघको दोस्रो दिन देवीदेवताको गाथा गाएर देउडा खेल्ने यहाँको प्रचलन रहेको पाइन्छ । माघ २ गते घरमा राखेको अन्न कुटानी पिसानी नगर्ने, घाँससमेत नकाट्ने र कतिपयले एक छाक खानासमेत नखाने गरेको बताइन्छ । भोलि सूर्य एक दिशाबाट अर्काे दिशामा आएर उदाउने गर्ने भएकाले उक्त दिन ओखललाई ढुङ्गाले छोप्ने, मेसिनसमेत चलाउन नहुने शास्त्रमा उल्लेख भएको ज्योतिशहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ८ : ४६ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय