२०८०, १५ चैत्र बिहीबार

‘भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’

‘भूकम्पबाट सुरक्षित हुने चेतना सबैले राख्नुपर्छ’


विराटनगर, २७ पुस : भूकम्पबाट तत्काल जोेगिन ‘घुँडा टेकी गुडुल्की, ओत लागि समात’ भन्ने चेतना सबैले राख्नुपर्ने औँल्याइएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ माघ २ गते आम नागरिकलाई सचेतना जगाउने उद्देश्यसाथ गरिएको कार्यक्रममा भूकम्पप्रतिको सचेतनाले जनधनको क्षति कम गर्न सहयोग पुग्ने नेपाल प्रहरी, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको बुझाइ छ ।

नेपालमा विसं १९९०, २०४५ र २०७२ मा आएको भूकम्पबाट धेरै नेपालीले अकालमै ज्यान गुमाउनु परेको र यसबाट धेरै सम्पत्ति पनि नष्ट भएकाले भूकम्प आउनुपूर्व, भूकम्पको अवस्थामा र भूकम्पपछि खोज तथा उद्धारमा खटिन चाहिने सामग्री राज्यले समयमै बन्दोबस्त गरी राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङमा आज बसेको भूकम्प दिवसको सन्दर्भमा कार्यालय प्रमुखका बैठकमा सहभागीले औँल्याएका छन् ।

भूकम्पलाई रोक्न नसकिने भए पनि यसबाट बच्न सकिने उपाय अवलम्बन गर्न सकियो भने स्वयंलाई मद्दत पुग्ने विश्वास लिइएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भवन संहिता पालना गर्नुपर्ने, भवन अरुका लागि नभई आफ्नै भएकाले उच्च गुणस्तरको सामान र प्रविधि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । माघ २ गते भूकम्प दिवसको अवसरमा स्थानीय तहबाट ¥याली निकाल्ने, जनचेतनामूलक कार्यक्रम गर्ने र विराटनगरको हाटखोला चोकमा अपराह्न २ बजे भूकम्पबाट जोगिन सकिने प्रदर्शनी गरिने जानकारी बैठकमा गराइयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ४८ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय