२०८१, १३ बैशाख बिहीबार

जाडोका लागि मागिएको प्रहरीको ज्याकेट बैशाखमा आउने

जाडोका लागि मागिएको प्रहरीको ज्याकेट बैशाखमा आउने


काठमाडौं, पौष २५ :देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा तोकता गर्न थालेका हुन्। तर, प्रधान कार्यालयले पुस दोस्रो साता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ। टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ। सयममा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन्।

खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन्। उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ। प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार ५०० ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि पुस १८ मा डेन्डर आह्वान गरिएको बताए।

उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ। एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ। त्सपछि आशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ। टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउन सम्भावना कम छ।

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : २१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने