२०८१, १२ बैशाख बुधबार

बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली

बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली


सिन्धुपाल्चोक,पुस २३ : ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो। ‘घटनास्थलबाट प्रारम्भिक केही तथ्य र सम्भावित प्रमाण लिएर फर्केका छौँ,’ सिआइबी फिल्ड स्रोतले नागरिकसँग भन्यो, ‘सकरात्मक परिणाम आउनेमा विश्वस्त छौँ।’

 

टोलीले आश्रममा रहेका १४ पुरुष अनुयायीसँग पनि सोधपुछ गरेको छ। तीमध्ये सात अनुयायी घटना भएको भनिएका समयका अर्थात पूराना थिए। नमूना लिएर राजधानी फर्कँने क्रममा सिआइबी टोली मनोबैज्ञानिक रुपमा प्रफुल्लित देखिन्थे।बम्जनको यो आश्रममा मकवानपुर हेटौँडा घर भएका अनुयायी सञ्चलाल बम्जनको हत्या भएको उजुरीपछि सिआइबीले अनुसन्धान थालेको हो। उनका आश्रमबाट अन्य चार आनीसमेत बेपत्ता भएको खबर सार्वजनिक भएसँगै अनुसन्धनमा प्रहरी गम्भिर बनेको छ। बेपत्तामध्ये तीन आनी बाँडेगाउँ आश्रमबाटै बेपत्ता भएका निवेदन प्रहरीमा परेपछि सिआइबीले सिन्धुपाल्चोकलाई अनुसन्धानको केन्द्रमा राखेको स्रोतले बतायो।

 

बाबु सञ्चमान हराएको भन्दै खोजतलासका लागि मकवानपुर जिल्ला प्रहरीमा निवेदन दिएका उनका छोरा महेन्द्रले सिन्धुपाल्चोकमा समेत उजुरी दिएका छन्। उनले बम्जनसहित उनका सहयोगीले बाबुको बाबुको हत्या गरी खाल्डो खनेर २० पोका नुन छर्कँदै आश्रम छेवैमा मारेको उल्लेख गरेका छन्। २०७१ चैत १५ सम्म परिवारको सम्पर्कमा रहेका सञ्चलाल त्यसपछि बेपत्ता छन्।

 

उनको जाहेरी र अन्य सूचनाका आधारमा सिआइबी टोलीले आश्रमका विभिन्न ठाउँमा उत्खनन् गरेको थियो। सिआइबीले सूचना पाएकै स्थानमा खाडल भेटे पनि शवका अंग भने भेटेन। तर त्यहाँ नुनका खाली नौ पोका भने फेला परेको थियो। ‘खाडलको माटो र नुनका खोल परीक्षणका लागि नमूना लिएका छौँ,’ सिआइबी स्रोतले बतायो।फिल्डमा खटिएको अनुसन्धान टोलीले प्रमाण नष्ट गर्न गाडिएको शबको अंश निकालेर जलाएको हुन सक्ने अनुमान गरेको छ। ‘त्यही भएर आश्रमका विभिन्न स्थानमा भेटिएका कोइलाको नमूनासमेत सकंलन गरेका छौँ,’ एक अनुसन्धानकर्ताले भने।

 

सिआइबीलाई परिचालन गर्ने जिम्मेवारी पाएका सिन्धुपाल्चोक प्रहरी प्रमुख मुकुन्द मरासिनीले आश्रमस्थलबा शंकास्पद केही तथ्य फेला परेको बताए। त्यो तथ्य कुन बस्तु हो भन्ने नखुलाए पनि उनले आश्रमलाई थप शंका गर्नुपर्ने अवस्था सिर्जना भएको जनाए। ‘प्राप्त तथ्यको बैज्ञानिक परीक्षण गरेर अनुसन्धान अघि बढ्छ,’ उनले भने।टोलीले आश्रममा रहेका १४ पुरुष अनुयायीसँग पनि सोधपुछ गरेको छ। तीमध्ये सात अनुयायी घटना भएको भनिएका समयका अर्थात पूराना थिए। नमूना लिएर राजधानी फर्कँने क्रममा सिआइबी टोली मनोबैज्ञानिक रुपमा प्रफुल्लित देखिन्थे। आश्रममाथि प्रारम्भिक अनुसन्धान मात्रै सकिएको प्रहरीले जनाएको छ। बम्जन आश्रममाथि निगरानी भने भइरहने एसपी मरासिनीले जनाए।

 

मोटरबाटो पुग्ने अन्तिम बस्ती थलडाँडाबाट आश्रममा पुग्न १५ मिनेट ओह्रालो हिँड्नुपर्छ। चिलाउने र ढाल्नेका घना जंगलबीच कोल्टेमा रहेको आश्रम कतैबाट देखिँदैन। यहाँ बम्जनले दुई वर्षभन्दा बढी समय बिताएका थिए। २०७० असोज ४ गते यहाँ आइपुगेका बम्जन २०७२ वैशाख १२ को भूकम्पको केही महिनापछि यो आश्रम हिँडेका थिए। आश्रम व्यवस्थापन समितिका अध्यक्ष विदुर तामाङ आश्रमभित्रका गतिविधि आफू र स्थानीयलाई थाहा नभएको बताउँछन्। ‘समितिका मान्छेलाई अनुमति लिएर आश्रममा जान रोकतोक हुन्नथ्यो । तर काम नपर्ने भएकाले गएनौँ,’ उनले भने, ‘कहिले काँही दिउँसो आश्रममा पुग्दा सबै गतिविधि सामान्य हुन्थे।’ उनले समितिका सदस्य बाहेक अरुलाई आश्रममा प्रवेश निषेध रहेको सुनाए।

प्रकाशित मिति : २०७५, २३ पुस सोमबार  ८ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने