काभ्रेको नमोबुद्धमा स्काभेटर दुर्घटना, एक घाइते

बनेपा २२ पुस : काभ्रेकोे नमोबुद्ध नगरपालिका लास्कोटमा आईताबार स्काभेटर दुर्घटना हुँदा एक जना घाईते भएको छ ।
दुर्घटनामा परि नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँका जगत लामा घाईते भएका हुन् । सामन्य घाइते लामाको धुलिखेल अस्पतालमा सामन्य उपचारपछि घर फर्किएका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं ५ लास्कोट हुदै हृन्जेन दोर्जे मार्गलाई बिपि राजमार्गसंग जोड्ने ग्रामीण सडक निर्माणका क्रममा स्काभेटर दुर्घटनामा परेका थिए । स्काभेटर सडक निर्माणस्थलबाट ६० मिटर तल झरेको थियो ।
(दुर्घटनामा परेको स्काभेटर तस्वीर नमोबुद्द टिभी)