२०८१, ७ बैशाख शुक्रबार

अब कामदार लैजान कतारमा सरकारी म्यानपावर

अब कामदार लैजान कतारमा सरकारी म्यानपावर


काठमाडौं,पुस २१ : कतार जाने श्रमिकका अनेक गुनासा थिए । भर्ना प्रक्रियामै ठगी, करारपत्रमै कम्पनीको छली, तलबबिनै काम अनि अनुपयुक्त बासस्थान । निःशुल्क भनिए पनि म्यानपावर कम्पनीले श्रमिकबाट रकम असुलिरहे । यही प्रवृत्ति रोक्न कतार सरकारले आफ्नै म्यानपावर कम्पनी खोलेको छ– वाजा । कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८ देखि सञ्चालनमा आएको यो कम्पनीको पुँजी ५८ मिलियन रियाल छ । यसले आवश्यक विदेशी श्रमिक अब आफैं भर्ना गर्नेछ।

कतारमा व्यक्तिका नाममा पनि म्यानपावर खोल्न पाइन्छ । यसैअनुसार झन्डै २ सयभन्दा बढीले सम्बद्ध देशका म्यानपावरसँग समन्वय गरी श्रमिक लैजाने गरेका थिए । वाजा ती म्यानपावरभन्दा फरक छ ।कतारी नागरिकको सेयर मात्र रहने यो कम्पनीमा नियन्त्रण र व्यवस्थापन सरकारकै हुन्छ । कम्पनीले आगामी ५० वर्षसम्म काम गर्नेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

कतारको श्रम कानुनअनुसार श्रमिक कुनै शुल्क नतिरी त्यहाँ जान पाउँछन् । सम्पूर्ण लागत रोजगारदाताकै दायित्वमा पर्छ । तर व्यवहारमा त्यस्तो छैन ।‘रोजगारदाताले श्रमिक ल्याउन लाग्ने सेवा शुल्क कतारका म्यानपावर कम्पनीलाई दिन्छ । उनीहरूले त्यो शुल्क स्रोत देशका म्यानपावरसम्म पुर्‍याउँदैनन् । अनि तिनले श्रमिकसँगै सेवा शुल्क असुल्छन्,’ कतारका पूर्वराजदूत सूर्यनाथ मिश्र भन्छन् ।

कतिपय म्यानपावरले मागपत्र हात पार्न उल्टै कतारी कम्पनीका मानव संसाधन विभाग प्रमुखलाई कमिसन बुझाउने गरेका छन्। नेपाली म्यानपावरले प्रतिकामदार एक हजार रियाल (३० हजार रुपैयाँ) सम्म दिन्छन् । ‘कतार यही अस्वस्थ प्रतिस्पर्धा हटाउन चाहन्छ । श्रमिक भर्ना प्रक्रिया स्वस्थ बनाउन चाहन्छ,’ हालै काठमाडौं आइपुगेका कतारी उच्च अधिकारीले भनेका थिए, ‘कतार सरकार श्रमिकलाई कुनै बहानामा भार नपर्ने प्रणाली विकास गर्न गइरहेको छ।’

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : २१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता