२०८१, १० बैशाख सोमबार

मण्डन देउपुरमा रेडियो नमोबुद्धको ‘जनतासँग जनप्रतिनिधि’

मण्डन देउपुरमा रेडियो नमोबुद्धको ‘जनतासँग जनप्रतिनिधि’


धुलिखेल १७ पुष : काभ्रेको मण्डन देउपुर नगरापालिकाले आर्थिक वर्ष २०७४/७५ मा सम्पादन गरेका विकास गतिविधिका बारेमा समीक्षा गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम जनतासंग जनप्रतिनिधि सम्पन्न गरेको छ । नगरपालिकाले रेडियो नमोवु्द्धको संयोजनमा भएको जनतासँग जनप्रतिधि कार्यक्रम मार्फत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल सरकारका प्रवक्ता सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, उप्रमुख मञ्जु गौतम, विभिन्न दलका प्रतिनिधि र वडाअध्यक्ष लगायत जनप्रतिनिधि र स्थानीय जनताको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधिसँग स्थानीयले चासोका साथ आफ्ना गुनासाहरु राखेका थिए । कार्यक्रममा प्रशासकीय अधिकृत शेखरनाथ अधिकारीले संक्षिप्तमा नगरका गतिविधिलाई जनतासामु प्रस्तुत गरेपछि स्थानीय शक्तिसिं तामाङ, पार्वती सापकोटा, सानुकान्छा दनुवार लगायतले जनप्रतिनिधिलाई आफ्नो गुनासो राखेका थिए । पर्यटन, सरसफाई र जग्गाका विषयमा नगरले सम्पादन गरेका कामका बारेमा उनीहरुले प्रश्न गरेका थिए ।

त्यसलगत्तै नगरप्रमु्ख टोकबहादुर वाईवाले भर्खरी नगरपालिका भएको मण्डनदेउपुरले पुराना नगरहरुसँग प्रतिष्पर्धी भएरका जनतालाई सेवा दिएको बताएका थिए । उनले पर्यटकीय क्षेत्रको रुपमा नगरका विभिन्न स्थानलाई विकास गर्ने गुरु योजनाको आधारमा नगर अगाडि बढेको बताएका थिए । त्यसैगरी सिंचाईमा पनि प्रदेशबाट बजेटको व्यवस्था गरिएको बताउँदै प्रमुख वाईवाले भने, गाडिका लागि व्यवस्था गरिएको बजेटले फोहोर उठाउने ट्रक खरिद गरेको भन्दै जनताको सहानुभूति लिएका थिए ।

कार्यक्रममा कृषि र पर्यटन भन्ने नगरको नारा भए पनि त्यससँग सम्बन्धीत कार्यक्रम नल्याएकोमा जनताले आपत्ति जनाएका थिए । त्यसबाट जनता अन्यौलमा परेको स्थानीयले गुनासो गरेका थिए । बाटो बनाउँदा किसानको कुलो विगारिएकाले छिटो बनाइदिन किसानले अनुरोध गरेका थिए । नगरको वडा नं. ८ का देवेन्द्र सापकोटाले पूँजी पलायनलाई रोक्न आग्रह गरे भने रत्नकुमार ठकुरीले उपभोक्ता समितिको अध्यक्षमा जनताले चु्नेर काम सम्पन्न गरी सक्दा पनि नगरले फस्यौट नगरिदिएर आफू बेरुजुमा परेको गुनासो गरेका थिए । त्यस्तै अर्का स्थानीइ रामबहादुरले बैकल्पीक सडकमा परेका जनताले क्षतिपूर्ति नपाएको र राजस्व सडकको समेत तिर्न पर्ने भएकाले यसबाट मुक्त गराउन माग गरे ।

नगरको शिक्षालाई गुणस्तरीय बनाउन नर्सरी, एलकेजी पछि कक्षा १ मा राख्ने अवधारणा ल्याउनुपर्ने सुझाव समेत सहभागीले दिएका छन् । फस्र्यौतका सन्दर्भमा मेयर वाइवाले लागत स्टिमेट तयार नगरी योजना सम्पन्न गरेकाले प्रकृया मिलाउन सहज नभएकाले मिलाएर आउन अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसदहरु बसुन्धरा हुमागाई र लक्ष्मण लम्साललाई बेग्लाबेग्लै जनगुनासो रहेको थियो । विशेष गरी अपर तामाकोशीको हाइटेन्सनले उर्वरभूमि भएको स्थानीय मारमा परेकाले त्यसबाट मुक्त गराइदिनु उनीहरुको अनुरोध रहेको थियो भने स्थनीय स्तरमा उद्योगधन्दाको शुरुवात गरिनु पर्नेमा सहभागीले जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका अच्युत प्रसाद पौडेलले खर्च विवरण स्पष्ट नआएको बताउँदै राम्रो कामको प्रशंसा र लापरवाही तथा दुरुपयोग भएमा विरोध गर्ने बताएका थिए ।

सहभागी स्थानीय सवाललाई सांसद लम्साल, हुमागाई, जिल्ला समन्य समितिका प्रमुख उद्धव केसी, मेयर टोकबहादुर वाइवाले जवाफ दिएर सहभागीलाई सन्तुष्ट पार्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ८ : २४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने