२०८१, १२ बैशाख बुधबार

बसले पैदलयात्रीलाई ठक्कर दिदा पाँचको मृत्यु , २१ घाइते

बसले पैदलयात्रीलाई ठक्कर दिदा पाँचको मृत्यु , २१ घाइते


बेइजिङ, चीन, १० पुस :चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले प्रहरीलाई उद्धृत गरी जनाएको छ ।

अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेका बताइएको छ । अमेरिकाबाट सञ्चालित चिनियाँ अनलाइन दुववे न्यूजले दुर्घटनाग्रस्त बसको नजिकै सडकमा ढलेको अवस्थामा केही व्यक्तिहरूको तस्वीर देखाएको छ । तस्वीरमा प्रहरी एक जना व्यक्तिसँग सडकमा लडिरहेको पनि देखाइएको छ ।

घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ । चीनमा यो बर्ष यस खालका धेरै घटना भएका छन् । नोभेक्बरको अन्त्यमा लियाओनिङ प्रान्तको उत्तरपूर्वमा एउटा प्राथमिक विद्यालयका विद्यार्थीहरूले सडक पार गरिरहेका समय एउटा कार उनीहरूलाई धकेल्दै अघि बढेपछि कम्तिमा पाँच जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । सोही महिना दक्षिणपश्चिमी शहर कोङक्वीन नगरपालिकामा रहेको एक पुलबाट नहरमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको थियो ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ६ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने