२०८१, ८ बैशाख शनिबार

सरकारी वकिलको विशेष जिम्मेवारी छ : राष्ट्रपति भण्डारी

सरकारी वकिलको विशेष जिम्मेवारी छ : राष्ट्रपति भण्डारी


काठमाडौँ, ८ पुस: राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी न्याय प्रशासनलाई सवल र प्रभावकारी कार्यान्वयन गर्न सरकारी वकिलको विशेष जिम्मेवारी भएको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको ‘सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैै उहाँले फौजदारी अभियोजनको मुख्य जिम्मेवारी पाएको सरकारी वकिलले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “अभियोजनको मुख्य जिम्मेवारी राज्यले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ, अपराध अनुसन्धान गर्दा प्रभावकारी तरिकाले गर्नुपर्छ, कसुरदारलाई सजाय र पीडितलाई न्याय दिने तरिकाले गर्नुपर्छ ।” सूचना र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता भएको उल्लेख गर्दै उहाँले व्यावसायिक, प्रभावकारी, नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा अपराध हुन नदिने र अपराध भएमा प्रभावकारी तरिकाले अनुसन्धान गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले फौजदारी न्याय राम्रोसँग दिनमा लागि प्रहरी, अदालत, पीडित र अपराधीबीच रहेर प्रश्न नउठ्ने गरी व्यावसायिक तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका लागि अलि गहन तरिकाले काम गर्नुपर्ने, गरीब धनी मात्र नभई र राष्ट्रिय हितको संरक्षण हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारी वकिलको कार्यशैलीमा आशातित सुधार भएको र अपराध अनुसन्धान गर्दा व्यावसायिक तथा वस्तुनिष्ठ ढङ्गले गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारी वकिलले मुद्दामा बहस पैरवी गर्दा अनुसन्धान गरी बहस गर्ने परिपार्टीको पनि विकास हुँदै गएको आफूले महसुस गरेको र आगामी दिनमा पनि अझ वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशभरका कानून व्यवसायीले नेपालको संविधान र मुलुकी संहितालाई एकरुपतामा बुझ्न सकेमा काममा सफलता हासिल हुने बताउनुभयो । महान्यायाधिवक्ता अग्नि खरेलले सरकारी वकिलको संस्थागत विकास तथा आगामी दिनका लागि सम्मेलनले रणनीतिक योजना तय गर्ने जानकारी दिनुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपालले अन्तर्राष्ट्रिय सन्धि÷सम्झौतामा हस्ताक्षर गरेको कुरालाई ध्यान दिँदै इन्काउटरका नाममा व्यक्तिको हत्या गर्न नहुने र दोषी देखिए कानूनबमोजिम कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी वकिलको प्रभावकारी अनुसन्धानबिना प्रहरीले राम्ररी काम गर्न नसक्ने उल्लेख गर्दै पीडित मैत्री अनुसन्धान पद्धति जरुरी भएको उल्लेख गर्नुभयो । सो अवसरमा सर्वोत्कृष्ट सरकारी वकिललाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले ‘एटर्नी अफ द इयर’ का रुपमा नायब महान्यायाधिवक्ता किरण पौडेललाई मेडल र पुरस्कारद्वारा सम्मान गर्नुभयो । तीनदिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३०० सरकारी वकिलको उपस्थिति रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ७ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता