२०८०, १६ चैत्र शुक्रबार

संविधानले सबै नेपालीको भाग्य र भविष्य निर्माण गर्छ : पूर्वराष्ट्रपति यादव

संविधानले सबै नेपालीको भाग्य र भविष्य निर्माण गर्छ : पूर्वराष्ट्रपति यादव


गोरखा, ५ पुस: पूर्वराष्ट्रपति डा रामवरण यादवले नयाँ संविधानले नेपाली जनताको भाग्य र सुनौलो भविष्य निर्माण गर्ने बताउनुभएको छ । ‘दशौँ गोरखा महोत्सव एवं अन्तर प्रदेशस्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को आज गोरखा सदरमुकाममा उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले संविधानलाई सही ढङ्गले कार्यान्वयन गर्नसके देशले मुहार फेर्ने बताउनुभयो । उहाँले संविधान समृद्ध नेपाल निर्माणका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

“गणतान्त्रिक संविधान, लोकतान्त्रिक संविधान, समावेशी संविधान र धर्मनिरपेक्ष संविधान आएको छ, यो संविधानले सबै नेपाली जनतालाई एउटै मालामा उनेर एकताको सूत्रमा बाँध्न सफल भएको छ”, उहाँले भन्नुभयो । अहिले पनि मधेशवादी र पूर्वमाओवादीबाट विभाजित भएका केही दलले संविधानमा असन्तुष्टि जनाउँदै आएको भन्दै उहाँले सरकारले उनीहरुलाई वार्ता र छलफलमार्फत राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

“परिवर्तनका हिसाबले देश अहिले ऐतिहासिक घडीमा रहेको छ”, पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “७०÷८० वर्ष लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई कसरी बचाएर लैजाने भन्ने जिम्मा वर्तमान सरकार र राजनीतिक दलका नेताहरुको काँधमा छ ।” अहिले हिमाल, पहाड र मधेशका जनता मिलेर देश विकासमा लाग्नुपर्ने भन्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनले देशलाई एकताको सूत्रमा बाँध्ने बताउनुभयो ।

“संविधानमा जहाँ जसका असन्तुष्टि छन्, त्यसलाई संशोधन गर्दै जानुपर्छ”, उहाँले भन्नुभयो, “देशमा शान्ति, स्थिरता र सुशासन दिने काममा सरकार र प्रतिपक्ष दुवै सजग भएर लाग्नुपर्छ ।” पूर्वराष्ट्रपति यादवले नेपालको धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गर्न सकेमात्रै पनि लाखौँ विदेशी पर्यटक नेपालमा भित्र्याउन सकिने भन्दै राज्य त्यसमा चनाखो हुनुुपर्नेमा जोड दिनुभयो ।

समृद्ध नेपाल निर्माणका लागि देशमा उद्योगधन्दा, कलकारखाना खुल्नुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले अनिमात्र देशमा रोजगारीको सिर्जना हुने र देश समृद्धिको दिशामा अघि बढ्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीलाई देशमा लगानीको सही वातावरण निर्माण गरी खुलेका उद्योगको सरंक्षण र प्रवद्र्धनमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । पूर्वराष्ट्रपति यादवले जातीय द्वन्द्वका कारण भारत विभाजित भएको स्मरण गर्दै नेपालका भएका सबै जातजाति र भाषाभाषीलाई मिलाएर लैजान सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जातजाति र भाषाभाषीले आआफ्नो परम्परा र रीतिरिवाजअनुसार निर्वाधरुपमा पूजाआजा र चाडपर्व मान्न पाउँछन् तर जबर्जस्ती धर्म परिवर्तन भइरहेको कुरा आइरहेका छन्, त्यसले देशलाई राम्रो गर्दैन ।”

अहिले विभिन्नरुपमा धर्मको प्रचारप्रसार भइरहेको भन्दै उहाँले सरकारले त्यसलाई गहिरो चिन्तन गर्नुपर्ने बेला आएकोसमेत उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति यादवले राज्यले धर्म परिवर्तनका लागि सङ्घीय सदनबाट कानून नै बनाएर अघि बढ्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ९ : १७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय