Logo

भक्तपुरमा धनमाल चोरी गर्ने काभ्रेका तामाङसहित ११ जना पक्राउ



भक्तपुर, ४ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुई वटा गिरोह, बरामद गरिएका गरगहना एवं अन्य सामान, चोरीमा प्रयोग भएका तीन वटा मोटरसाइकल र अन्य औजार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले चोरीमा संलग्न रहेको नौ जना र करीब रु ५० लाख बराबरको चोरिएका गरगहना एवं धनमाल बरामद गरेको बताउनुभयो । प्रहरीले भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरलगायत भक्तपुरका विभिन्न नौ स्थानमा दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई चोरीएका सामानसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।

सुनका गरगहना तथा नगद चोरी गरी बिक्री वितरण तथा खरीद गर्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउँपालिका वडा नं ३ सरमथली घर भई हाल काठमाडौँ अत्तरखेल बस्ने २९ वर्षीय विवेक भन्ने वाङ्देन तामाङलाई पक्राउ गरेको छ । त्यसैगरी काभ्रे भुम्लु गाउँपालिका वडा नं ३ घर भएका २२ वर्षीय विकास भन्ने सुमन लामा, मोरङ केराबारी गाउँपालिका वडा नं २ स्थायी घर भई हाल काठमाडाँै चाबहील बस्ने २३ वर्षीय सन्तोष विक, चोरीका गहना गालेर बिक्री गर्ने भारत महाराष्ट्र प्रदेश साङ्ली थाना तासगाउँ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौँ– ७ चाबहील बस्ने २७ वर्षीय सचिन भन्ने वैभव बापुसो भोसलेलाई पक्राउ गरेको छ ।

सोही गिरोहका अन्य तीन जना भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाका साथबाट सुनका गरगहना तथा गालेका सुनका टुक्रा गरी करीब १६.५ तोला, सुनको सिक्का एक थान, गालेका चाँदीका टुक्रा ४२ तोला र नगद नेपाली रुपैयाँ १९ लाख ५८ हजार ७५० र भारतीय रुपैयाँ २५ हजार ५०० बरामद गरेको छ । प्रहरीले चोरीमा संलग्न रहेको तीन वटा मोटरसाइकल, पाँच थान मोबाइल सेट, एक थान फलाम काट्ने मेसिन, चार थान कटर ब्लेड र चोरी कार्यमा प्रयोग हुने दुई थान विभिन्न औजार, सुन राख्ने बट्टा, नगरपालिकाका उपप्रमुख रजनी जोशीको नामको गहना तथा सहकारीको रसिद, गणेशको मूर्ति, शङ्ख र तन्नाका टुक्रा बरामद गरेको छ ।

प्रहरीले मङ्गलबार राति मध्यपुरथिमि नगरपालिका– ५ स्थित हिम इलेक्ट्रोनिक्सको स्टोरबाट चोरी भएका रु १० लाख मूल्य बराबरका विभिन्न इञ्चका १४ थान सामसुमका टेलिभिजनसहित काठमाडौँ थापागाउँबाट सात जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रामेछाप मन्थली नगरपालिका–४ घर भई हाल बानेश्वर थापागाउँ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गाउँपालिका– १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी–६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २१ वर्षीय शिव फुयाँल र रामेछाप लिखु तामाकोशी– २ घर भई हाल काठमाडौँ अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल रहेका छन् ।

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने ४० वर्षीय सुवास थापामगर, भक्तपुर नगरपालिका–४ बस्ने २० वर्षीय सुजन जाकिबञ्जार र चाँगुनारायण नगरपालिका– ५ छालिङ बस्ने २७ वर्षीय नीरञ्जन लागेजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये काफ्ले सोही कम्पनीका पूर्व प्लम्बर र मगर गार्ड र सहायक स्टोर किपरकोसमेत मिलेमतो रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले निजबाट ५५ इञ्चको टिभी तीन थान, ४९ इञ्चको टिभी एक थान, ४३ इञ्च टिभी पाँच थान र ३२ इञ्चको पाँच थान बरामद गरेको छ । चोरीकाबारेमा थप अनुसन्धान भइरहेको र फरारको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार