२०८०, १५ चैत्र बिहीबार

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !


सिर्दीबास (गोरखा) , पुस ४ :पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ।

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ।

‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ। बाजेका पालामा १८ सय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो। कर तिर्ने र उठाउने त्यहीं बास बस्थे। त्यसैले ठाउँको नाम नै सिर्दीबास भयो।’ अहिले सिर्दीबासभन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय छ। कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ।

यहाँ कोही बिरामी भए कर लेनदेनमा खटपट भएर, करले पिरेर बिरामी परेको ठान्ने चलन छ। ‘पोकोभित्र नुन, चामल र पैसा राखिन्छ’, उनी भन्छन्, ‘निको भएपछि देउताको थानमा त्यो पोको चढाएर पूजा गरिन्छ।’ अर्का स्थानीयका अनुसार बाबुबाजेको पालामा सिर्दी नामको भोटेनुन बेच्ने र किन्नेहरू बास बस्ने भएकाले सिर्दीबास भनिएको हो।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ७ : ४७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय