२०८०, १५ चैत्र बिहीबार

राष्ट्रपति आज लुम्बिनी जादैँ

राष्ट्रपति आज लुम्बिनी जादैँ


बुटवल, २२ मङ्सिर: लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ ।

स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ ।
बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याउनुहुने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिनुभयो । विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, सङघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : २२ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय