२०८१, ९ बैशाख आईतबार

स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला

स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिमा कलम चलाउनु पर्ने : पूर्वमन्त्री कोइराला


काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ । माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात पनि दिन’, ‘तिम्रो हजुर गल्ती’, ‘मेरो साथ हुँदा’ र ‘पराइलाई दिलमा’ शीर्षकका पाँच वटा गीत समावेश गरिएको छ । अञ्जु पन्त, शिव परियार, दीपा लामा, मेलिना राई र विनोद पछाईले स्वर दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले क्यासेटको विमोचन गर्दै स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गीतकार प्रधानले प्रकाशन गर्नुभएको गीति क्यासेटले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक कुमार प्रधानले विभिन्न जाति संस्कृतिका समुदाय मिलेर बनेको नेपाली कला, साहित्यले देश र जनतालाई अन्तर्राष्ट्रिय तहमा परिचित गर्ने बताउनुभयो । गीतकार प्रधानले आफूले जीवनमा भोगेका अनुभवलाई रचनामार्फत प्रस्तुत गरेको बताउँदै माया र प्रेमको भावनाले समाजमा शान्ति, विकास र समृद्धि कायम गर्दछ भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने