२०८०, १६ चैत्र शुक्रबार

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ


जनकपुरधाम, २० मङ्सिर: जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दासलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा काठमाडौँस्थित होटल तिरूपतिबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले दासलाई हिजो साँझ काठमाडौँमा पक्राउ गरी आज जनकपुर ल्याई अनुसन्धान भइरहेको छ भन्नुभयो । विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीअनुसार दासले गुठीको जनकपुर उपहानगरपलिका वडा नं ८ किता नं ६२ को दुई कट्ठा ११ धुर र किता नं २८ को दुई बिघा आठ कट्ठा १४ धुर क्षेत्रफलको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई उच्च अदालतमा समेत पेश गरेको थियो ।

सरकारी कागज कीर्ते मुद्दामा वारदातपछि फरार रहेका दासलाई धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख थपलियाले दासको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताउँदै मुद्दा पुरानो भएकाले मुलुकी ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले यस घटना सरकारी कर्मचारीको संलग्नता नरहेको, दास आफैँले नक्कली छाप र कागज बनाएको देखिएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ७ : ३७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय