२०८०, १५ चैत्र बिहीबार

सुत्ने बेलामा झुक्किएर पनि यी कुरा नखानू

सुत्ने बेलामा झुक्किएर पनि यी कुरा नखानू


हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजताअनुसार मानिसले खानेकुरा खान्छन्। तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ। सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः

चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ। त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ।

पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन।

पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्‍याउँदैन। शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन। पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ।

खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ।

मासुः मासु राति नखाँदा उत्तम। अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ।

फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : २० बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय